अटो विशेष

टाटा एच फाइभ एसयुभी विराटनगरमा सार्वजनिक

  नागरिक   2019-09-13

विराटनगर– नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बहुप्रतीक्षित तथा चर्चित प्रिमियम एसयुभी टाटा एच फाइभ गोएल मोटर्समार्फत विराटनगरमा सार्वजनिक गरेको छ । 
केही दिन पहिले बुकिङ खुला गरिएको उक्त गाडीमा क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिन रहेको कम्पनीले जनाएको छ ।
एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको डी एट प्लेटफर्ममा निर्माण गरिएको कम्पनीको दाबी छ । टाटा एच फाइभमा पुस बटन स्टार्टस्टप, सेमी–डिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टी फंसन स्टेरिङ, हाइट अजस्टेबल ड्राइभर सिट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषता रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको नेपाली बजारमा सुरुवाती मूल्य ५६ लाख ५५ हजार तोकिएको छ । 
 

यसमा तपाईको मत