अटो विशेष

टाटा एचफाइभको बुकिङ खुल्ला

    2019-08-23

काठमाडौं– टाटा मोटर्सको चर्चित प्रिमियम एसयुभी टाटा एचफाइभ बुकिङका लागि खुला गरिएको छ । 
नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने नाडा अटो सोमा उक्त गाडी पहिलोपटक नेपाली बजारमा सार्वजनिक हुने जनाइएको छ ।
भारतमा टाटा ह्यारियर पनि भनेर चिनिने उक्त गाडी बुकिङ गर्न २५ हजार रुपैयाँ जम्मा गराउनुपर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै कम्पनीले ग्राहकलाई उक्त गाडी मन नपरे एक सय २० प्रतिशत बुकिङ रिफन्ड गर्ने पनि जनाएको छ । 
एचफाइभमा रहेको इन्जिनले एक सय ३८ बिएच पावर र तीन सय ५० एनएम टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ ।
टाटा एचफाइभ ल्यान्डरोभरको ओमेगा डिएट प्लेटफर्ममा निर्माण गरिएको कम्पनीको भनाइ छ । उक्त गाडीमा पुस बटन स्टार्ट–स्टप, सेमी डिजिटल इन्स्टुमेन्ट कन्सोल, मल्टिफंसनल स्टेरिङ, हाइट अजस्टेबल ड्राइभर सिट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । 
 

यसमा तपाईको मत