अटो विशेष

साङयोङ मोटर्सको अफर सार्वजनिक

    2019-08-28

काठमाडौं– साङयोङ मोटर्सले जारी नाडा प्रदर्शनीमा अधिकतम छुटका साथ विभिन्न अफर सार्वजनिक गरेकोे छ ।
२०१९ मा बेस्ट भ्यालु अवार्ड विजेता गाडी पहिलोपटक प्रदर्शनीमा राखिएकोे कम्पनीले जनाएको छ । 
नेपालको लागि आइएमएस ग्रुप अन्तर्गत साङयोङको एकल वितरक आइएमएस मोटर्सको ६ वटा विभिन्न मोडलका गाडी प्रर्दशनीमा रहेको कम्पनीले जनाएको छ । 
यो अफर अन्तर्गत साङयोङले आफ्नो ग्राहकलाई अत्यधिक छुट दिने विज्ञप्तिमा उल्लेख छ । कोरियत लक्जरी एसयुभिएस भएको कारण साङयोङले आफ्नो ग्राहकलाई सामसङ नोट १० अफर गर्ने जनाएको छ । 
आफ्नो पुरानो गाडीसँग नयाँ गाडी साट्ने सोचमा रहेकालाई  तत्काल बेस्ट स्पोर्ट एक्सचेन्ज सुविधा दिने र पुराना गाडीको उचित मूल्य दिने बताइएको छ । 
साथैै साङयोङले एक वर्षको बिमा, एक वर्षको सवारी कर, पाँच वर्षको निःशुल्क सर्भिसिङ, तीन वर्षको वारेन्टी, मासिक सरल किस्ता, उचित ब्याजदर र २५ हजारसम्मको एसोसिरिजसहित नाडामा लन्च हुन गइरहेको मुसो ग्रान्डमा साङयोङको नयाँ एसयुटीको सुरुवाती मूल्य ७३ लाख ९९ हजार पर्ने जनाएको छ । 
 

यसमा तपाईको मत