अटो विशेष

शनिबार सुजुकीको ‘सुपर स्याटरडे’

  नागरिक   2019-12-26

काठमाडौं- नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो पुस १२ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउनेछन। ‘सुपर स्याटरडे’ मा ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउनेछन। साथै, ग्राहकहरुले सो दिन अधिकतम एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क विमा र स्वामित्व हस्तान्तरणको सुविधा पनि पाउनेछन। यो अफर पुस १२ गते एक दिनका लागि मात्र देशभरका सबै ३६ वटा डिलरसिपमा लागू हुने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको कम्पनीले उक्त जारी प्रेस बिज्ञप्तिमा जनाएको छ। 

यसमा तपाईको मत