अटो विशेष

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

  नागरिक   2018-12-08

सुजुकीले नेपाली बजारका लागि १२५ सिसि इन्जिन भएको नयाँ मोडलको स्कूटर ल्याएको छ | सुजुकी बर्गम्यान स्ट्रिट नाम गरिएको उक्त स्कूटर हेर्दा निकै मोडर्न देखिन्छ | बर्गम्यान ४०० को डिजाइनमा आधारित यस स्कूटर पनि आकारको विषयमा निकै ठूलो मान्न सकिन्छ | सुजुकी बर्गम्यान स्ट्रिटको च्यासिस र ड्राइभलाइन सुजुकी कै अर्को १२५ सिसि इन्जिन भएको स्कूटर सुजुकी एसेससंग एकै छ | यसर्थ यो नयाँ स्कूटरले सुजुकी एसेस सरह कै तागत र पावर पैदा गर्न सक्नेछ |

यो स्कूटरको अगाडि एलईडी लाइट र फ्रन्ट डिस्क ब्रेकसंगै कम्बाईन्ड ब्रेक सिस्टम रहेको छ | आकार अन्यभन्दा ठूलो भएको कारणले यो स्कूटरको सामान राख्ने स्थान पनि अन्यभन्दा  ठूलो नै रहेको छ | यो स्कूटर तीनवटा मुख्य रंग र फिनिसमा उपलब्ध हुने छ - सेतो, खैरो र कालो |

सुजुकीको नयाँ बर्गम्यान स्कूटरका विशेषताहरु यस प्रकार छन् :

इन्जिन : १२५ सिसि
सिलिन्डर : १ , भाल्ब : २
पावर : ८.६ बीएचपी @ ७००० आरपीएम
टर्क : १०.२ @ ५००० आरपीएम
फ्रन्ट ब्रेक : डिस्क
पछाडीको ब्रेक : ड्रम
अगाडीको चक्काको साइज : १२ इन्च
पछाडीको चक्काको साइज: १० इन्च
टायरको प्रकार : ट्यूबलेस
स्पिडोमिटर : डिजिटल
माइलेज: ५३ किलोमिटर प्रति लिटर
फ्युल ट्यांकी: ५.६ लिटर
नेपाली बजार मूल्य : २,२९,०००


यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ |


यस लगायत सुजुकी नेपालले चाडै नै सुजुकी जिक्सरको २५० सिसिको मोडल नेपालमा ल्याउने भएको छ | नेपाली बजारमा निकै प्रचलित रहेको सुजुकी जिक्सर १६० को अपग्रेड मोडलको रुपमा यो मोडललाई बिक्रि गरिनेछ | सन् २०१९ तिर उपलब्ध हुने उक्त मोडलको बजार मूल्य भने हालको मोडलभन्दा निकै बढी हुने निश्चित छ |

सुजुकी जिस्कर १६०को एबीएस भएको एसपी मोडल पनि हालै नेपालमा उपलब्ध भएको छ | उक्त मोडलको मूल्य २,९९,९०० तोकिएको छ |

स्रोत : भीजि सुजुकी नेपाल फेसबुक पेज, टेकलेख

 

 

 

यसमा तपाईको मत