अटो विशेष

सुजुकी 'पर्वोत्सव' ग्राहक योजना सुरु

  नागरिक   2021-09-07

नेपालकालागि सुजुकी कारको आधिकारिक विक्रेतातथा सीजी होल्डिंग्ज्को अटो मोटिभ डिभिजन सीजी मोटो कर्पले यस दशैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ। 

यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाखपचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजार सम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ। साथै क्लियरन्स मोडेलमा विशेष छुटको व्यवस्था रहेको छ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८वटै सोरूमहरुमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन्।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्,इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्,ब्रेज्जा,एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्,इको,इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दाबढीगाडीका मोडेलहरु विक्रीबितरणगर्दै आएको छ।  यो योजनासिमितअवधिकालागीमात्र जारी गरिएको छ। 

यसमा तपाईको मत