अटो विशेष

नयाँ माएस्ट्रो एज ११० सार्वजनिक

  नागरिक   2021-10-22

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पले नयाँ माएस्ट्रो एज ११० स्कुटर सार्वजनिक गरेको छ। ‘कनेक्ट’ सम्पर्क सञ्जालयुक्त स्टाइलिस माएस्ट्रो एज ११० विशेषगरी नेपाली ग्राहकका लागि उपयुक्त डिजाइन रहेको कम्पनीले बताएको छ।

नयाँ माएस्ट्रो एज ११० मा एलइडी प्रोजेक्टर हेडलाइट, पूर्ण डिजिटल स्पिडोमिटर, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न–बाइ–टर्न नेभिगेसनसहित नयाँ सार्पर डिजाइन रहेको छ। यो स्कुटरको मूल्य २ लाख १५ हजार रूपैयाँ रहेको कम्पनीले जनाएको छ।

नेपालमा हिरो मोटोकर्पको एक मात्र वितरक नेपाल जनरल मार्केटिङ ९एनजिएम० ले ७५ डिलर, ८७ सर्भिस सेन्टर र ९० स्पेयर पार्ट आउटलेटसहित देशभर ९० वटा बिक्री केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको छ।

यसमा तपाईको मत