ग्याजेट विशेष

एन आई सि एसियाको कार्डबाट खरिद गर्दा सामसङको मोबाइलमा विशेष छुट

  नागरिक   2020-01-29

काठमाडौँ- सामसङले  ग्यालेक्सी S10/S10 + तथा सामसङ ग्यालेक्सी Note10/ Note 10+ मा विशेष छुटको अफर ल्याएको छ । सामसङ ग्यालेक्सी S10/S10 +  तथा ग्यालेक्सी Note10/ Note 10+ एन आई सि एसिया बैंकको डेविट कार्ड/क्रेडिट कार्ड/ QR बाट खरिद गर्दा १५% वा अधिकतम तीन हजार रुपैया सम्म छुट प्रदान गर्ने सम्झौता भएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।यो अफर एन आई सि एसिया कार्ड मसिन भएका सामसङका सम्पूर्ण आउटलेटहरुमा फेब्रुअरी २८  सम्म उपलब्ध हुनेछ । सामसङले बैंकको सेवा लिइरहेका आफ्ना ग्राहकहरुलाई यस अफरले अझ सहज र सुविधाजनक हुनेछ भन्ने उद्देश्य राखेको उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
सामसङ ग्यालेक्सी S10/S10 +  तथा सामसङ ग्यालेक्सी Note10/ Note 10+ विशेषतः आफनो काम र जीवन बीच सहज सन्तुलन राख्ने र सदैव आफ्नो सृजनशीलतालाई उजागर राख्ने पुस्तालाई केन्द्रित गरि तयार गरिएको हो । यी स्मार्टफोनहरु ग्राहकको बढी भन्दा बढी चाहना पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यसमा तपाईको मत