अटो विशेष

सोमबार सुनचादीँको मूल्य बृद्धि

  नागरिक   2021-09-13

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ। छापावल सुनको भाउ सोमबार ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार ९० हजार ७ सय रुपैयाँबाट घटेको सुन, आइतबार ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजावी सुनको भाउ ९० हजार एक सय रुपैयाँ पुगेको छ। आइतबार ८९ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो।


चाँदीको मूल्य सोमबार पनि तोलामा पाँच रुपैयाँले बढेको छ। आइतबार ११ सय ९५ रुपौयाँमा कारोबार भएको चाँदीको प्रतितोला मूल्य सोमाबार १२ सय रुपैयाँ पुगेको छ।

यसमा तपाईको मत