ग्याजेट विशेष

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

  नागरिक   2019-02-17

ब्याट्री तथा उर्जा सम्बन्धित उपकरणहरु निर्माण गर्ने कम्पनी इनर्जाईजरले आफ्नो पहिलो स्मार्टफोन रिलिज गरेको छ | उक्त स्मार्टफोनमा सबैभन्दा धेरै क्षमता भएको ब्याट्री स्थापना गरिएको छ र उक्त ब्याट्री १८००० mAh को रहेको छ |

इनर्जाईजर पावर म्याक्स पी १८ के पपमा स्मार्टफोनमा आइफोन XS म्याक्सको भन्दा ७ गुणा, सामसंग ग्यालेक्सी एस ९ को भन्दा ६ गुणा र हुवावे मेट २० X भन्दा ३.६ गुणा ठूलो ब्याट्री राखिएको छ | कम्पनीका अनुसार यो स्मार्टफोनले फुलचार्जमा ९६ घण्टासम्मको नन् स्टप म्युजिक प्लेब्याक, ४८ घण्टासम्मको नन् स्टप भिडियो प्लेब्याक र ५० दिनसम्मको स्ट्यान्ड बाइ समय प्रदान गर्न सक्नेछ | १८ वाटको क्षमता भएको फास्ट चार्जर पनि उपलब्ध हुनेछ | यस स्मार्टफोनलाई पावर ब्यांकको रुपमा पनि प्रयोग गर्न मिल्नेछ |

ठूलो ब्याट्री बाहेक यस स्मार्टफोनमा पप अप सेल्फी क्यामरा राखिएको छ | यस स्मार्टफोनको मोटाइ चाहिँ १८ मिमिको रहेको छ | तुलनाका लागि सामसंगको एस ९ केवल ८.५ मिमिको रहेको छ | अगाडी ६.२ इन्चको १०८० पी प्लस पिक्सलको डिस्प्ले राखिएको छ | र यी सबैलाई संचालनमा ल्याउनका निमित्त स्मार्टफोन भित्र मेडियाटेकको हेलियो पी ७० चिप्सेट राखिएको छ |

 

यसमा तपाईको मत