अटो विशेष

सेकेन्ड ह्यान्ड मोटरसाइकल किन्दा ध्यान दिनु पर्ने कुराहरु

    2019-06-03

काठमाडौं- युवापुस्ताको विशेष रोजाइमा पर्ने मोटरसाइकल र स्कुटरको माग दिनहुँ बढिरहेको छ । यस्तोमा सेकेन्ड ह्यान्ड बजारको वृद्धि पनि धेरै भइरहेको छ । 

काठमाडौँका सडकमा धेरै जाम भइरहने हुँदा चार पांग्रे सवारीसाधन भन्दा मोटरसाइकल नै बढी उपयोगी बनिरहेको अवस्था छ । मोटरसाइकल चढ्ने सपना धेरै मानिसको हुनसक्छ तर सबै मानिसको क्षमता नयाँ ब्राण्डेड मोटरसाइकल किन्न सक्ने नुहुन पनि सक्छ । यस्तो अवस्थामा धेरै खर्च गर्नुभन्दा प्रयोग भइसकेको सेकेण्ड ह्याण्ड मोटरसाइकल खरीद गर्नु धेरै उपयोगी बन्न सक्छ । 

खर्चको हिसाबले समेत यो अप्सन ठीक हो । तर, सेकेण्ड ह्याण्ड बाइक खरीद गर्नुअघि तपाईंले केही बिषयहरुमा भने गहिरिएर ध्यान दिनुपर्ने हुन्छ । 

किन चाहियो मोटरसाइकल ?

प्रयोगकर्ताले सेकेन्ड ह्यान्ड मोटरसाइकल खरिद गर्नुकोआवश्यकताबारे आफु प्रष्ट हुनुपर्छ । आफ्नो आवस्यकता अनुरुप कार्य गर्न, कलेज आउजाउ गर्न वा अफिस जान आउन केका लागि मोटरसाइकल खरिद गर्ने भन्ने निर्णय लिनुपर्छ । 

कहाँबाट किन्ने ?

सकेसम्म नाम चलेका रिकन्डिसन हाउसबाट सेकेन्ड ह्यान्ड मोटरसाइकल खरिद गर्नुपर्छ । मोटरसाइकलको स्थिति, मेशिन पार्ट पुर्जाको अवस्थाबारे बुझ्नुपर्छ ।
सकेसम्म आफुले चिनेजानेको वा पायक पर्ने रिकन्डिसन हाउसबाट किन्नु पर्छ ।
यसका अलवा कुनै व्यक्ती वा संघ÷संस्थाबाट सेकेन्ड ह्यान्ड मोटरसाइकल खरिद गर्न सकिन्छ ।  

के–के कुरामा ध्यान दिने ?

ब्रेकको परिक्षण गर्ने

 

मोटरसाइकलको ब्रेकको परिक्षण गर्नुपर्छ । स्मुथ रुपमा ब्रेक लागेको छ छैन,आदि इत्यादि कुराको ध्यान राख्नुपर्छ । 

इन्धन चुहावट

बाइकबाट तेल चुहिएको छ/छैन परिक्षण गर्नुपर्छ । मोटरसाइकलले कति माइलेज दिन्छ भन्ने प्रस्ट हुनुपर्छ। यसका साथै, सम्बन्धीत बिक्रेतासँग मोटरसाइकलको सर्भिस डिटेल्स माग्नुपर्छ ।

क्लच चेसिस, चेन र टायर्सको अवस्था

मोटरसाइकलको चेन, चेसिस र टायरको अवस्थाबारे जानकारी लिनुपर्छ । चेसिसमा स्क्राच छ छैन, टायरमा समस्या छ छैन, लाइटको स्वीच राम्रोसँग चल्छ/चल्दैन चेकजाँच गर्नुपर्छ । 

पार्टपुर्जाको चेकजाँच

मोटरसाइकलको एक्जस्ट पाइप ,ह्वील, सस्पेन्सन, एडिशनल एशेसोरिज सबै कुराको परिक्षण गर्नुपर्छ । 

कागजात चेक गर्ने

सेकेण्ड ह्याण्ड बाइक खरीद गर्नुअघि त्यसका कागजातमा पनि ध्यान दिनुपर्छ । ब्लु बुकमा उल्लेख भएको चेसिस नम्बर र गाडीको चेसिस नम्बरबीच मेल खान्छ वा खाँदैन भन्नेतर्फ पनि ध्यान दिनुपर्छ । बाइकको बीमा तिरेको छ कि छैन, कर तिरेको छ वा छैन, यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ । तपाईले लिइरहेको बाइक चोरीको होइन वा कुनै दुर्घटनामा फसेको छ वा छैन भन्ने कुरा सुनिश्चित हुनुपर्छ । 

टेस्ट ड्राइभ गर्ने

बाइक लिनुअघि आफुले एकपटक चलाएर हेर्नुपर्छ । यसबाट तपाईलाई बाइकलाई कुन हालत वा अवस्थामा राखिएको छ भन्ने बिषयको सही जानकारी प्राप्त हुन्छ । यदि तपाई एक्सपर्ट हुनुहुन्न भने दोश्रो व्यक्तिलाई लिएर जानु उपयूक्त हुन्छ, जसले तपाईलाई सही कुरा थाहापाउन सजिलो हुन्छ । 

निश्कर्ष

सबै कुराको चेकजाँच पश्चात् मोटरसाइकलको अवस्था र आफ्नो बजेट अनुरुप उपयुक्त मूल्य तोकि मोटरसाइकल खरिद गर्दा राम्रो हुनेछ  । 
 

यसमा तपाईको मत