कभर स्टोरी

सांग्रिला बैंकको साक्षरता कार्यक्रम सम्पन्न

  नागरिक   2021-10-27

सांग्रिला डेभलपमेन्ट बैंकले १७औं वार्षिकोत्सव अवसरमा बैंकका सम्पूर्ण ९८ शाखा कार्यालयबाट वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ।

देशका विभिन्न स्कुल, कलेज, सामुदायिक संघसंस्थामा आबद्ध विभिन्न व्यक्तिलाई वित्तीय साक्षरता दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।

बचतको महत्त्व सिकाउने, बैंकिङ कारोबारसम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, विद्युतीय माध्यमद्वारा बैंकिङ कारोबार गर्न सिकाउने, बैंकिङ प्रणालीमार्फत आर्थिक कारोबार गर्न सन्देश प्रवाह गर्नेलगायत बैंकिङ सेवासम्बन्धी जनचेतना सृजना गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको मत