कभर स्टोरी

नेपालगन्जमा जिपको ‘प्रिमियम’ सोरुम

  नागरिक   2021-11-08

नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लू लाइफले नेपालमा नयाँ सोरुम सुरु गरेको छ। गजानन् अटो ट्रेडिङले सञ्चालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिने कम्पनीको दाबी छ।

पश्चिम नेपालको पहिलो जिप सोरुमको उद्घाटन उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका हुन्। उद्घाटन कार्यक्रममा उनले प्रतिष्ठित जिप ब्रान्ड पश्चिम नेपालको अटोमोबाइल बजारमा आउनु ठूलो कोशेढुंगा भएको बताए।

त्यस्तै, एमएडब्लू ग्रुपका प्रमुख महानिर्देशक चिरञ्जीवी शाहले तीन वर्षअघि नेपालमा औपचारिक रूपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप सोरुमको अपेक्षा गरिरहेको र उनीहरूको अपेक्षा पूरा गर्न पाउँदा निकै खुसी महसुस गरिरहेको बताए।

जिप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको छ।जिपले यसै आर्थिक वर्षमा पाँच अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्नेछ जसले महत्वपूर्ण भौगोलिक क्षेत्र र ‘कस्टमर बेस’लाई कभर कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको मत