ग्याजेट विशेष

सामसङको फ्ल्यागसिप स्मार्टफोन मासिक किस्ताबन्दीमा

  नागरिक   2021-09-14

सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरू आइएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकलाई सामसङको फ्ल्यागसिप स्मार्टफोन (जेड फोल्ड थ्री र जेड फ्लिप थ्री) शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ। 

सम्झौता अनुसार बैंकका ग्राहकले क्रेडिट कार्ड प्रयोग गरी सामसङका ती स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्री–बुकिङ गर्न सक्ने बताइएको छ। यसका साथै प्री–बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन्।

भदौ २० गतेबाट प्री–बुकिङ सुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च असोज ६ गते हुनेछ। प्री–बुकिङ आइएमएस स्मार्ट तथा सामसङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सक्ने विज्ञप्तिमा उल्लेख छन्।

यसमा तपाईको मत