ग्याजेट विशेष

सामसंग ग्यालेक्सी नोट १० सार्वजनिक - यस्ता छन् विशेषताहरू

    2019-08-08

सामसंगले हरेक वर्ष जस्तै यस वर्ष पनि अपडेट गरिएको नयाँ नोट स्मार्टफोन रिलिज गरेको छ । यस पाली सामसंगले पहिलो पटक एउटा मोडलको सट्टा दुईवटा ग्यालेक्सी नोटको मोडल रिलिज गर्ने भएको छ । ति मोडलहरूलाई ग्यालेक्सी नोट १० र ग्यालेक्सी नोट १० प्लसका नामले चिनिने छ ।

दुई मोडल मध्ये साधारण सामसंग ग्यालेक्सी नोट १० डिस्प्ले सानो भएको र फिचरमा केही कटौती गरिएको मोडल हो । नोट १० मा ६.३ इन्चको २२८०x१०८० रेजोलुसनको डिस्प्ले राखिएको छ भने नोट १० प्लसमा ६.८ इन्चको ३०४०x१४४० रेजोलुसनको डिस्प्ले राखिएको छ । नोट १० प्लसको डिस्प्ले र बनोट साइज पुरनो नोट ९ सँग मिल्दो छ भने साधारण नोट १० हालै रिलिज गरिएको नोट भरिमा सानो छ ।  नोट १० मा ८ जीबी र्याम र २५६ जीबी इन्टरनल स्टोरेज राखिएको छ भने नोट १० प्लसमा १२ जीबी र्याम र ५१२ जीबी इन्टरनल स्टोरेज समावेश गरिएको छ । दुवै मोडलमा नयाँ र फाइभ जी सपोर्ट गर्ने स्नापड्रागन ८५५ प्रोसेसर राखिएको छ ।

नोट १० र नोट १० प्लसको डिजाइन एकआपसमा उस्त उस्तै छन् र गत वर्षको मोडलमा जस्तै यस वर्षको मोडलमा पनि सिसा र अल्मुनियमको प्रयोग गरिएको छ तर डिजाइनमा भने निकै धेरै परिवर्तन आएको छ । डिस्प्लेको बेजल साइज पनि सानो भएको छ भने सेल्फी क्यामरा डिस्प्लेको माथिल्लो भागको बीचमा राखिएको छ । उक्त सेल्फी क्यामराले १० मेगापिक्सलको उच्चस्तरीय तस्विर खिच्न सक्नेछ ।

सामसंग ग्यालेक्सी नोटको अदितीय फिचर अर्थात् एस पेन दुवै मोडलमा उपलब्ध छ । नयाँ एस पेनको डिजाइन पनि नयाँ छ भने विभिन्न नयाँ फिचरहरू पनि थपिएको छ । अब एस पेनलाई फोटो खिच्नका लागि सटर बटनका रुपमा प्रयोग गर्न मिल्नुका साथै विभिन्न एपहरूलाई मोसन सेन्सरको मार्फत नियन्त्रण गर्न पनि मिल्छ ।

यस वर्षको ग्यालेक्सी नोट ३.५ मिमिको हेडफोन ज्याक नहुने पहिलो ग्यालेक्सी नोट स्मार्टफोन बनेको छ । यसभन्दा अगाडीको सम्पूर्ण नोट सिरिज स्मार्टफोनहरूमा हेडफोन ज्याक समावेश गरिएको थियो । बक्सामा प्रयोगकर्ताले युएसबी सी हेडफोन ज्याक पाउनेछन् ।  यस वर्षको साधारण नोट १० मा मेमोरी कार्ड राख्न मिल्दैन तर मेमोरी कार्ड राख्न मिल्ने सुविधा ठूलो ग्यालेक्सी नोट १० प्लसमा उपलब्ध गराइएको छ ।

क्यामराको क्षेत्रमा पनि यी स्मार्टफोनहरूमा सुधार आएको छ । दुवै मोडलले एकै प्रकारको क्यामरा सेन्सरहरू प्रयोग गरेकाछन् । दुवै ग्यालेक्सी नोटमा वाइड एन्गल १६ मेगापिक्सलको क्यामरा, १२ मेगापिक्सलको मुख्य क्यामरा र १२ मेगापिक्सलको जुम लेन्स क्यामरा समावेश गरिएको छ । ग्यालेक्सी नोट १० प्लसमा चाँही एउटा सानो र कम रेजोलुसनको डेप्थ सेन्सर पनि राखिएको छ ।

ब्याट्रीको क्षेत्रमा भने दुई मोडल बीचमा धेरै फरक रहेको छ । सानो नोट १० मा केवल ३५०० mAh को ब्याट्री रहेको छ भने ठूलो नोट १० प्लसमा ४३०० mAh को ब्याट्री रहेको छ । दुवै मोडलमा ४५ वाटको फास्ट चार्जर उपलब्ध गराइनेछ । दुवै मोडलका नोटमा डिस्प्ले भित्र नै फिंगरप्रिन्ट स्क्यानर राखिएको छ ।

नोट १० र नोट १० प्लसका विशेषताहरू:

प्रोसेसर : स्नापड्रागन ८५५
एस पेन : ब्लुतुथ लो पावर भएको, मोसन सेन्सरहरू
डिस्प्ले : डाइनामिक एमोलेड डिस्प्ले
वाइड एंगल क्यामरा : १६ मेगापिक्सल
मुख्य क्यामरा : १२ मेगापिक्सल
जुम लेन्स क्यामरा : १२ मेगापिक्सल
सेल्फी क्यामरा : १० मेगापिक्सल
डिस्प्ले भित्र नै भएको फिंगरप्रिन्ट स्क्यानर

नोट १० प्लस  को मात्र विशेषता

डिस्प्ले : ६.८ इन्च, ३०४० x  १४४० पिक्सल
र्याम : १२ जीबी
स्टोरेज : २५६ जीबी वा ५१२ जीबी, मेमोरी कार्ड लाग्ने
ब्याट्री : ४३०० mAh
डेप्थ सेन्सर

नोट १० को मात्र विशेषता

डिस्प्ले : ६.३ इन्च, २२८० x १०८०
र्याम : ८ जीबी
स्टोरेज : २५६ जीबी, मेमोरी कार्ड नलाग्ने
ब्याट्री : ३५०० mAh

 


मूल्य :

नोट १० : ९४९ अमेरिकी डलर
नोट १० प्लस : १०९९ अमेरिकी डलर

 

तस्विर स्रोत : द भर्ज

यसमा तपाईको मत