ग्याजेट विशेष

सामसंगले ल्यायो तीनवटा क्यामरा भएको स्मार्टफोन - ग्यालेक्सी ए ७ (२०१८)

  नागरिक   2018-09-21

सामसंगले आफ्नो पहिलो तीनवटा मुख्य क्यामरा भएको स्मार्टफोन  ग्यालेक्सी ए ७ (२०१८) बजारमा ल्याउने भएको छ | बजारको प्रिमियम मिडरेन्ज खण्डमा पर्ने यस स्मार्टफोनले हुवावे, वनप्लस, नोकिया आदि जस्ता कम्पनीका स्मार्टफोनहरुसंग प्रतिस्पर्धा गर्नेछ |

ग्यालेक्सी ए ७ (२०१८) मा ६ इन्चको १८:९ अनुपातको फुलस्क्रिन AMOLED  डिस्प्ले राखिएको छ जसको रेजोलुसन १०८०x२२२० छ र नच राखिएको छैन | स्मार्टफोनमा २.२ गिगाहर्जको अक्टा-कोर प्रोसेसरको प्रयोग गरिएको छ | यो स्मार्टफोन तीनवटा र्याम र स्टोरेज मोडलमा उपलब्ध हुनेछ - ४ जीबी / ६४ जीबी , ४ जीबी / १२८ जीबी र ६ जीबी/१२८ जीबी |

 

यस स्मार्टफोनको मुख्य आकर्षणको रुपमा तीन वटा मुख्य क्यामरा राखिएको छ | मुख्य सेन्सर २४ मेगापिक्सलको छ भने अन्य दुई ८ मेगापिक्सल र ५ मेगापिक्सलको छ | यसमा रहेको ८ मेगापिक्सल क्यामरा अल्ट्रा-वाइड लेन्स हो भने तेस्रो ५ मेगापिक्सलको क्यामरा चाहिँ डेप्थ सेन्सर हो जसले राम्रो ब्लर इफ्फेक्ट दिन सहयोग गर्नेछ | फ्रन्ट क्यामरा आकर्षक २४ मेगापिक्सल कै राखिएको छ |

निलो, कालो, सुनौलो र गुलाबी गरि चारवटा रंगमा उपलब्ध हुने यस स्मार्टफोनमा फिंगरप्रिन्ट स्क्यानर फ्रेमको दायाँ पट्टि राखिएको छ | पछाडीको भाग सिसाले बनेको छ | यस लगायत ३३०० mAh को ब्याट्री प्रयोग गरिएको छ भने चार्ज गर्नलाई पुरानै माइक्रो युएसबीको प्रयोग भएको छ | रिलिज हुँदा यस स्मार्टफोन पुरानो एन्ड्रोइड ८ मै चल्ने छ - एन्ड्रोइड ९ हुने छैन |

 

यस स्मार्टफोनको आधिकारिक मूल्य ४१० अमेरिकी डलर राखिएको छ |  

यसमा तपाईको मत