अटो विशेष

सामसङले सबैभन्दा सस्तो ५–जी स्मार्टफोन ल्याउने

  नागरिक   2021-09-24

सामसङले आफ्नो ग्यालेक्सी ए–सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ल्याउने भएको छ। ग्याजेट ३६० का अनुसार कम्पनीले अब नयाँ ग्यालेक्सी ए–१३ ५–जी स्मार्टफोन सार्वजनिक गर्न ले जनाएको छ। तर सामसङले भने हालसम्म यस विषयमा  कुनै आधिकारिक जानकारी भने दिएको छैन।

ग्यालेक्सी क्लबका रिर्पोटअनुसार ग्यालेक्सी ए–१३ ५–जी सामसङको सबैभन्दा सस्तो ५–जी स्मार्टफोनमा पर्नेछ। यो फोनमा ५० मेगापिक्सलको मुख्य क्यामरा र पाँच हजार एमएएचको ब्याट्री हुनेछ।

ग्यालेक्सी ए–१३ ५–जी यही वर्ष सार्वजनिक हुने भनिएको छ। यसको मूल्य करिब १७ हजार ३ सय भारु पर्ने अनुमान छ।

ग्यालेक्सी ए–सिरिजका अन्य स्मार्टफोन ‘ग्यालेक्सी ए–१२’, ‘ग्यालेक्सी ए–२२’, ‘ग्यालेक्सी ए–३२’ र ‘ग्यालेक्सी ए–७२’मा पनि ग्यालेक्सी ए–१३ ५–जीकै जतिको ब्याट्री पावर रहेको ग्याजेट ३६०ले लेखेको छ।

 

 

यसमा तपाईको मत