ग्याजेट विशेष

पटक पटक स्मार्टफोन चेक गर्न मन लाग्ने बानी हटाउन यस्तो गर्नुहोस्

  नागरिक   2019-12-25

मिनट मिनटमा स्मार्टफोन चेक गर्न मन लाग्छ ? तपाईंलाई मात्र होइन, यो त अधिकांस स्मार्टफोन प्रयोगकर्ताहरूको समस्या हो । यदि तपाईंलाई बारम्बार स्मार्टफोन चेक गर्न मन लाग्ने बानीलाई हटाउन चाहनुहुन्छ भने तल दिईएका कुराहरू गर्नुहोस्, केही हदसम्म सुधार आउन सक्छ :

१. अत्यावश्यक एपहरूको मात्र सूचना सुचारु गर्नुहोस्

विभिन्न एप्सहरूले नोटिफिकेसन अर्थात् सूचनाको प्रयोगबाट प्रयोगकर्ताको ध्यानाकर्षण गर्ने गर्दछन् । बारम्बार सूचना पठाएर प्रयोगकर्तालाई एप्स प्रयोग गर्नका लागि बोलाउने गरिएको हुन्छ । त्यही भएर नै अत्यावश्यक पर्ने एप्सहरूको सूचनालाई मात्र सुचारु गर्नुहोस् । फेसबुक, टिकटक, इन्स्टाग्राम आदि जस्ता सामाजिक संजाल र भिडियो गेमहरू नोटिफिकेसनहरू बन्द गर्दा राम्रो हुन्छ । इमेल, मेसेजिंग, बैंकको एप्स आदिहरूको सूचनाहरूलाई सुचारु राख्नुहोस् । सेटिंगको एप्समा गएर कुनै पनि एप्स वा गेमको नोटिफिकेसनलाई म्युट गर्न र बन्द गर्न सक्नुहुनेछ ।

२. घडी लगाउनुहोस्

समय हेर्न कै लागि भनेर नै अधिकांस प्रयोगकर्ताहरूले बारम्बार स्मार्टफोन चेक गरिरहेका हुन्छन् । यहि कारणले गर्दा नै हातमा आफैंले घडी बाध्नु राम्रो हुन्छ ।

आजभोलि बजारमा स्मार्ट वाच अर्थात् स्मार्ट घडीहरू पनि उपलब्ध छन् । यस्ता घडीहरूमा जडान गरिएको स्मार्टफोनको नोटिफिकेसनलाई पनि देखाउने गर्छ । घडीबाट नै नोटिफिकेसन हेर्न र कुनै कुनै खण्डमा रिप्लाई पनि गर्न मिल्छ । यसले गर्दा धेरै स्मार्टफोनलाई चेक गरिरहनु पनि पर्दैन ।

३. होम स्क्रिनमा कम एप्सहरू राख्नुहोस्

होम स्क्रिनमा भएका एप्सहरूलाई नै चेक गर्ने बानी बस्ने भएकाले स्मार्टफोन अनलक गर्नासाथ त्यहिं देखापरेको एप्सहरू चलाउन मन लाग्ने हुनसक्छ । त्यसै कारणले गर्दा नै होम स्क्रिनमा धेरै प्रयोग गर्न मन लाग्ने एप्सहरू नराख्नु उचित हुन्छ । काम परेको बेलामा खोज्ने र प्रयोग गर्ने तरिकाबाट स्मार्टफोनमा भएका एप्सहरूलाई मिलाएर राख्नु राम्रो हुन्छ ।

४. ब्ल्याक एण्ड व्हाइट मोड सुचारु गर्नुहोस्

टाइम वेल स्पेंट नामक संस्थाले गरेको एक अनुसन्धान अनुसार प्रयोगकर्ताहरू चम्किलो रंग भएको आइकनहरूमा चाडैं क्लिक गर्ने गर्छन । यहि कारणले गर्दा नै अधिकांस एप्सहरूको आइकनमा चम्किलो रंग राखिएको हुन्छ - उदाहरणका लागि गेमहरू र इन्स्टाग्राम, टिकटक आदि ।

टाइम वेल स्पेंट संस्थाले बारम्बार स्मार्टफोन चेक गर्न मन लाग्ने बानि बसेको र स्मार्टफोनको लत बसेको प्रयोगकर्ताहरूलाई आफ्नो स्मार्टफोनमा  ब्ल्याक एण्ड व्हाइट मोड सुचारु गर्न सुझाव दिएको छ ।

एन्ड्रोइड स्मार्टफोनहरूमा Accessibility सूचीमा  ब्ल्याक एण्ड व्हाइट मोड सुचारु गर्ने विकल्प राखिएको हुन्छ । आइफोनहरूमा भने Display Accomodations भित्र Color Filters मा यस विकल्पलाई भेटाउन सकिन्छ ।

 

यसमा तपाईको मत