ग्याजेट विशेष

रेड्मी १० प्राइम सार्वजनिक, कति छ मूल्य?

  नागरिक   2021-09-19

आइतबार नेपाली बजारमा साओमीको रेड्मी १० प्राइम सार्वजनिक भएको छ।

यसमा पञ्च होल डिस्प्ले डिजाइन, ५० मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल रियर क्यामेरा, मिडियाटेक हेलियो जी८८ चिपसेट लगायतका फिचर छन् ।

त्यस्तै फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.५ इन्चको फुल एचडी प्लस डिस्प्ले छ भने स्क्रिन प्रोटेक्सनका लागि कोर्निङ गोरिल्ला थ्री छ।

६ हजार एमएएच क्षमताको ब्याट्रीसहित यो फोन पूर्ववर्ति रेड्मी ९ प्राइमको तुलनामा उल्लेख्य अपग्रेडसहित छ।

यो फोन ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज तथा ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ।
साथै कम्पनीले फोनमा भर्चुअल रूपमा २ जीबी र्‍याम थप्न मिल्ने सुविधा दिएको छ। यो फोन नेपाली बजारमा २० देखि २५ हजार रूपैयाँभित्र उपलब्ध छ ।

 

यसमा तपाईको मत