ग्याजेट विशेष

‘रेड्मी–१० प्राइम’ भारतमा सार्बजनिक

  नागरिक   2021-09-06

साओमीले नयाँ ‘रेड्मी–१० प्राइम’ सार्बजनिक गरेको छ। गत साता  साओमीले भारतमा आफ्नो रेड्मी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो।  ६.५ इन्चको फुल एचडी प्लस डिस्प्ले भएको यो नयाँ स्मार्टफोनमा क्रोनिङ गोरिला ग्लास–३ले बनेको छ। 

यसमा ९० हर्जको रिफ्रेस रेट छ। रेड्मी–१० प्राइम’मा चारवटा क्यामरा छ,  ५० मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर, २ मेगापिक्सलको डेप्थ सेन्सर र २ मेगापिक्सलको म्याक्रो सुटर। यसको अगाडिपट्टि भने ८ मेगापिक्सलको सेल्फी क्यामरा छ। 

अक्टा–कोर मिडियाटेक हेलियो जी–८८ प्रोसेसरले बनेको यो फोनमा ६ जिबी र्याम छ जुन पछि अझै २ जिबीसम्म बढाउन सकिने ग्याजेट ३६०ले जनाएको छ। यसको आन्तरिक स्टोरेज भने १२८ जिबीको छ।
 यो स्टोरेज माइक्रो एसडी कार्ड प्रयोग गरेर ५१२ जिबीसम्म बढाउन सकिन्छ। ब्याट्रीमा भने ‘रेड्मी–१० प्राइम’मा छ हजार एमएएचको ब्याट्री छ। यसमा १० वाटको फास्ट चार्जिङ र ९ वाटको रिभर्स चार्जिङ छ।

‘रेड्मी–१० प्राइम’ एसट्रल ह्वाइट, बिफ्रोस्ट ह्वाइट र फ्यान्टम ब्ल्याक रङमा उपलब्ध छ। ४ जिबी र्याम र ६५ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य १२ हजार चार सय ९९ भारु छ।

६ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज भएको ‘रेड्मी–१० प्राइम’ मोडलको मूल्य १४ हजार चार सय ९९ भारु  तोकिएको छ।

यसमा तपाईको मत