ग्याजेट विशेष

रियलमी ‘सी२१' सार्वजनिक

  नागरिक   2021-09-27

रियलमीले ‘सी२१ वाई’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ। यस फोनमा सुपर नाइटस्केप डिस्प्ले, तीनवटा क्यामेरा, १२ एनएम अक्टाकोर प्रोसेसर, ५ हजार एमएएचको ब्याट्री लगायतका फिचर छन्। ६.५ इन्चको एचडी प्लस मिनी ड्रप फुलस्क्रिन छ। ८९.५ प्रतिशत बडी रेसियोयुक्त डिस्प्ले भएको फोनमा १३ मेगापिक्सलको मुख्य क्यामेरा उपलब्ध छ।

फोनमा सेल्फी क्यामेराका लागि एआई ब्युटी, एचडीआर मोड, पोट्रेट लगायतका विभिन्न मोड उपलब्ध छन् ।युनीसक टी ६१० प्रोसेसर रहेको फोनमा सुरक्षाका लागि अल्ट्राफास्ट फिङ्गरप्रिन्टका साथै फेस अनलक उपलब्ध गराइएको छ । फोनमा डुअल सिम सपोर्ट हुनुका साथै २५६ जीबीसम्मको एसडी कार्ड प्रयोग गर्न सकिने छ ।

फोन निलो र कालो गरी दुई रङमा उपलब्ध छ। ४र६४ जीबी भेरियन्टको मूल्य १७ हजार ९९ रूपैयाँमा उपलब्ध रहेको छ।

यसमा तपाईको मत