ग्याजेट विशेष

थोरै र्याम भएका एन्ड्रोइड स्मार्टफोनका लागि पब्जी मोबाइल लाइट

  नागरिक   2019-08-10

स्मार्टफोनको सबैभन्दा प्रचलित र हाल सबैभन्दा धेरै पैसा कमाउन सफल भएको गेम पब्जी थोरै र्याम भएका र कमजोर प्रोसेसर भएका एन्ड्रोइड स्मार्टफोनहरूमा राम्रोसँग चल्न सक्दैन | यही समस्यालाई समाधान गर्नका लागि पब्जी खेलको प्रकाशक टेनसेन्टले पब्जी मोबाइलको पनि लाइट संस्करण ल्याएको छ |

पब्जी मोबाइल लाइट बेटा टेस्टका लागि विभिन्न देशहरूमा डाउनलोड गर्नका लागि उपलब्ध छ | यस नयाँ संस्करण चल्नलाई मुख्य गेमले भन्दा निकै थोरै र्यामको आवश्यकता पर्नेछ | यसैसँग नयाँ लाइट संस्करणको डाउनलोड साइज पनि निकै नै घटाइएको छ | मुख्य संस्करणको साइज १.६ जीबी रहेको छ भने यो नयाँ लाइट संस्करणको साइज केवल ४९० मेगाबाइट मात्र रहेको छ |

साधारण पब्जीमा १०० जना प्रयोगकर्ताले एकै स्थानमा खेल्ने गर्दछन् भने यस नयाँ संस्करणमा ६० जना मात्र खेल्न पाउनेछन् | यसै गरेर खेलको विभिन्न तरिका र काइदाहरूमा पनि फेरबदल गरिएको छ जसबाट कमजोर इन्टरनेट भएकाले पनि यस नयाँ संस्करण राम्रोसँग खेल्न सक्नेछन् | यसैगरी ग्राफिक्सको गुणस्तरमा पनि ठूलो परिवर्तन ल्याइएको छ | यो लाइट संस्करण मुख्य गेम जस्तो आकर्षक देखिदैन |

हालका लागि केही देशहरूमा मात्र उपलब्ध भएको यस गेम केही समय पछि अन्य देशहरूमा पनि उपलब्ध हुनेछ | कमजोर स्मार्टफोन भएका कारणले यस गेम खेल्न नपाएकाहरूले पनि अब पब्जी लाइटको मार्फतबाट यस गेम खेल्न सक्ने भएकाछन् |

यस गेम २ जीबीभन्दा कम र्याम भएको एन्ड्रोइड स्मार्टफोनहरूमा पनि चल्नेछ | यो गेम गुगलको प्ले स्टोरबाट नि:शुल्क डाउनलोड गर्न सकिनेछ |

 

यसमा तपाईको मत