अटो विशेष

पियाजियो एपे सिटि डिलक्स नेपालमा सार्वजनिक

  नागरिक   2019-09-12

काठमाडौँ- एम. भी दुगड ग्रुप नेपालको सफल ब्यबसायी दुगड परिवारबाट संचालित तथा प्रबद्धित ब्यबसायीक घराना हो । १३७ बर्ष भन्दा लामो सफल तथा ऐतिहासिक  व्यवसायीक इतिहास बोकेको यस कम्पनीले बिरगञ्जमा एक भव्य समारोहका बिच पियाजियो थ्री ह्विलर्सको नयाँ मोडल पियाजियो एपे सिटि डिलक्सकोे उद्धघाटन सम्पन्न गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ, उक्त नयाँ एपे सिटि डिलक्सका विशेषताहरु :— नयाँ ईन्जिन, पहिले भन्दा अधिक्तम बढी माइलेज, राम्रो ग्रेडिबिलिटि,आरामदायी साथै स्पेसियस र यसको आकर्षक लुक्स हून् ।


उक्त कार्यक्रम पियाजियो भेइकल्स इण्डियाका उपाद्धक्ष शूधान्सु अग्रवाल, एक्सर्पोट मेनेजर दिपक कुमार, पियाजियोका हेड अफ अपरेशन विजय महतो र दुगड़ ब्रदर्स एण्ड सन्स्का जनरल मेनेजर वेद प्रकाश शर्माको बिशेष उपस्थितिमा सम्पन्न भएको जानकारी गराएको छ। सोहि दिनमा आफ्ना १०० भन्दा बढि ग्राहकहरुलाई पियाजियो एपे सिटि डिलक्सको सफल डेलिभरि समेत गरिएको जनाएको छ।


नेपालका बिभिन्न स्थानमा यात्रु ओसार पोसार तथा सामान ढुवानीका लागि उपयुक्त तथा प्रभावकारी साधनका रुपमा तीनपाँग्रे सवारीसाधनलाई लिने गरिएको छ । उक्त सवारी सानो पुजी लगानी बाटै संचालन गर्न सकिन्छ र सोही सरल सेवा सुविधा र यसको आरामदायि प्रभावकारी सरल यात्राका लागि पियाजियो थ्रि ह्विलर्स अति लोक प्रिय छ ।

यसमा तपाईको मत