ग्याजेट विशेष

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

  नागरिक   2019-09-18

काठमाडौं- ओपोले आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गत,जेन जी पुस्ताकालागि विशेष लक्षित नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने मितिको घोषणा गरेको  छ। नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो।“ए नाइन २०२०”का साथै कम्पनीले सोही दिन “ए फाइभ २०२०”पनि सार्वजनिक गर्ने कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
सार्वजनिकको तयारीमा रहेका “ए नाइन २०२०” र “ए फाइभ २०२०” दूबै मध्यम बर्गिय स्मार्टफोन बजार लक्षित उत्पादनहरु हुन् । तथापी, अत्याधुनिक सुविधातथा फिचर्स सम्मिलित यी दूबै फोनमा उत्कृष्ट फोटोग्राफी क्षमता, सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्री पनि उपलब्ध गरिएको कम्पनीले जनाएको छ। फोटोग्राफीका लागि उत्कृष्ट क्यामेरा, बोक्दा प्रिमियमअनुभव दिनआकर्षक डिजाइन र निरन्तर लामो समय सम्म विना कुनै समस्या चलाउन सकिने ब्याट्री क्षमता सहितका यी दूबै फोनहरु बहुसंख्यक उपभोक्तालाई एकै साथ समेट्ने सोचका साथ सार्वजनिक गर्न लागिएको उक्त प्रेस बिज्ञप्तिमा जनाइएको छ। 

यसमा तपाईको मत