ग्याजेट विशेष

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

  नागरिक   2019-10-14

काठमाडौँ- ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। कम्पनीका अनुसार रेनोटू एफ नेपालमा आश्विन २९ गते, बुधवारका दिन सार्वजनिक गरिने छ। ओपोको सार्वजनिक हुने तयारीमा रहेको रेनोटू एफमा क्वाड क्यामेरा सेटअप, ८जीबी र्याम, हिडन फिंगरप्रिण्ट लगायत विभिन्न फिचर्सहरु उपलब्ध रहेका छन्। अत्याधुनिक फिचर्स सुसज्जित हुनुका साथै फोनले अदितिय फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय सम्म टिक्ने ब्याट्री लगायत सुविधापनि उपलब्ध गराउँने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

ओपो रेनोटू एफले रेनो सिरिजको रचनात्मकता समेटेको छ। साथै, प्रयोगकर्तालाई परिस्कृत अनुभव प्रदान गर्ने सोचका साथ उपकरणका विभिन्न पक्षमा थप सुधारपनि प्रस्तुत गरिएको जनाएको छ। सान्सारिक सुन्दरतालाई फरक दृष्टिकोणबाट हेर्न सघाउने माध्यमका रुपमा रहेको ओपो रेनोटू एफले स्मार्टफोनमा मात्र सिमित नरही हत्केलामै अटाउने सहज प्रयोगकर्ता अनुभव, शक्तिशाली रचनात्मक उपकरणका रुपमा समेत काम गर्ने उक्त प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी, प्रयोगकर्तालाई उत्कृष्टताको अनुभव प्रदान गर्न स्मार्टफोनमा ८जीबी र्याम र दरिलो सुरक्षार्थ यसमा हिडन फिंगरप्रिण्ट अनलक प्रणालीको ब्यवस्थापनि गरिएको जनाएको छ। 

यसमा तपाईको मत