दराजले ११.११ मा अर्थात् नोभेम्बर ११ मा गर्न गइरहेको सेलमा वनप्लस सिक्स टि लाई नेरु ७० हजारमा उपलब्ध गराउने भएको छ | उक्त मोडलमा ६ जीबी र्याम हुने छ भने आन्तरिक भण्डारण क्षमता चाहिँ १२८ जीबी हुनेछ |
अहिलेभन्दा ६ महिना अगाडि वानप्लसले वानप्लस ६ रिलिज गरेको थियो र अहिले वानप्लसले वानप्लस ६T रिलिज गरेको छ | वानप्लसमा भन्दा नयाँ डिजाइन, ठूलो र सुधारिएको एमोलेड डिस्प्ले, सानो नच, ठूलो ब्याट्री र डिस्प्ले भित्र नै फिंगरप्रिन्ट स्क्यानर नै नयाँ वानप्लसका मुख्य विशेषताहरु हुन् | तर यी सबै विशेषताहरु थपिएतापनि वानप्लस ६ मा भएको हेडफोन ज्याकलाई वानप्लस ६T मा आएर हटाइएको छ | यसभन्दा अगाडि रिलिज भएको सम्पूर्ण वानप्लसमा हेडफोन ज्याक थियो र हेडफोन ज्याक समावेश नगरेको भन्दै वानप्लसले अन्य स्मार्टफोन निर्माताहरुको खिल्ली पनि उडाउने गर्दथ्यो | अहिले आएर वानप्लसले नै हेडफोन ज्याक हटाउनु भनेको अचम्म कै कुरो हो |
वानप्लस ६ मा पछाडी क्यामरा मुनि भएको फिंगरप्रिन्ट स्क्यानरलाई अगाडिको एमोलेड डिस्प्ले भित्र राखिएको छ | भिभोले केहि महिना अगाडी यहि खुबी भएको स्मार्टफोन रिलिज गरेको थियो | त्यही डिस्प्लेकै माथि पट्टि पानीको थोपाको आकारको सानो नच राखिएको छ जुन हेर्दा साधारण नचभन्दा निकै आकर्षक छ | पछाडी फ्रस्ट गरिएको सिसाको प्यानल छ जुन हेर्दा चाहिँ सिसाजस्तो नै देखिदैन |
प्राविधिक विशेषताहरु:
बनोट: एल्मुनियमको फ्रेम,पछाडीको भाग ग्लासले बनेको
डिस्प्ले: ६.४१ इन्च अप्टिक एमोलेड डिस्प्ले - २३४०x१०८० रेजोलुसन
मुख्य क्यामरा: १६ मेगापिक्सल + २० मेगापिक्सल
सेल्फी क्यामरा: १६ मेगापिक्सल
प्रोसेसर: Qualcomm Snapdragon 845, Adreno 630 GPU.
मेमोरी; ६/ ८ जीबी र्याम ; १२८/२५६ जीबी इन्टरनल स्टोरेज
ब्याट्री: ३७०० mAh; निकै फास्ट चार्ज हुने ड्यास चार्ज
वानप्लस ६ कै प्रोसेसर, उस्ता उस्तै क्यामरा र डिजाइन प्रयोग गरिएको यो स्मार्टफोन खासै ठूलो अपडेट चाहिँ होइन | वानप्लस ६ का प्रयोगकर्ताले अपग्रेड गर्नुको कुनै आवश्यकता नै छैन | अझै पनि वानप्लसमा स्टेरो स्पिकर छैन, वाटर प्रूफिंग छैन, वायरलेस चर्जिंग छैन | तर अझै पनि वानप्लस ६T मिडरेन्ज मूल्यमा उच्चस्तरीय स्मार्टफोन खरिद गर्न चाहनेहरुका लागि राम्रो विकल्प रहेको छ |
वानप्लस ६ टि को बजार मूल्य कतिको उचित छ र तपाईंले खरिद गर्ने सोच बनाउनु भएको छ या छैन ? कमेन्ट गर्नुहोला !
यसमा तपाईको मत