ग्याजेट विशेष

विश्वभरमा एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ता कति ?

  नागरिक   2019-05-07

गुगलको एन्ड्रोइड अहिलेको समयको सबैभन्दा प्रचलित स्मार्टफोन अपरेटिंग सिस्टम हो । रिलिज भएको एक दशक पछि पनि एन्ड्रोइडको बजार घटेको छैन, झन् झन् बढ्दै गएको छ । 

गुगलको I/O डेभलपर कन्फेरेन्समा गुगलले हालै बजारमा कतिवटा एन्ड्रोइड स्मार्टफोनहरू संचालनमा छन् भन्ने कुराको जानकारी दिएको छ । गुगलका अनुसार हालै संसारमा गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टम चल्ने २.५ अर्ब स्मार्टफोन र ट्याब्लेटहरू संचालनमा रहेको छ । यस संख्याले गुगलले स्मार्टफोन अपरेटिंग सिस्टमको जगतमा कमाएको सफलतालाई चिनाउछ । 

भनिएको २.५ अर्ब संख्या गुगल प्ले स्टोर भएको एन्ड्रोइडहरू मात्र पर्दछन् , गुगल प्ले स्टोर सुचारु गर्न नमिल्ने स्मार्टफोन अथवा ट्याब्लेटहरू यस संख्यामा परेका छैनन् । यसर्थ, एमाजोनको फायर अपरेटिंग सिस्टम भएका ट्याब्लेटहरू र चाइनिज बजारमा पाइने अधिकांस स्मार्टफोनहरू यस गणनामा परेका छैनन् ।  

गुगलले २०१७ को I/O डेभलपर कन्फेरेन्समा २ अर्ब एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटहरू संचालनमा रहेको कुराको जानकारी दिएको थियो ।
 

यसमा तपाईको मत