ग्याजेट विशेष

नोकियाको २.३ स्मार्टफोन बजारमा

  नागरिक   2019-12-23

काठमाडौं– नोकियाले आफ्नो क्षेत्र विस्तारका लागि विभिन्न ब्रान्डका मोबाइल बिक्री तथा वितरण प्रवद्र्धक टेलिटकसँग साझेदारी गरेको छ । 
कम्पनीले नोकिया २.३ इन्ट्री लेभलको स्मार्टफोन पनि बजारमा ल्याएको छ । यसमा ६.२ एचडी प्लस स्क्रिन, डुअल क्यामरा, दुई दिनसम्म टिक्ने ब्याट्री तथा प्रयोग गर्दा नौलो मनोरञ्जनात्मक अनुभूति लगायतका विशेषता रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसमा एआई टेक्नोलोजीद्वारा सञ्चालित डुअल क्यामरा रहेको र तीन वर्षसम्म मासिक सेक्यिुरिटी अपडेट र दुई वर्षसम्म एन्ड्रोइड ओएस अपडेट ग्यारेन्टी गरिएको कम्पनीले जनाएकोे छ । यस्को मूल्य ११ हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
 

यसमा तपाईको मत