ग्याजेट विशेष

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

  नागरिक   2019-01-01

फिनल्याण्डको निकै चर्चित स्मार्टफोन निर्माता नोकियाले आफ्नो नयाँ फ्ल्याग्शिप स्मार्टफोन नोकिया ९ प्युरभ्यु यहि महिनाको अन्त्यमा सार्वजनिक गर्ने भएको छ । तर विभिन्न लीकहरुले गर्दा नोकिया ९ प्युरभ्यु को बारेमा लगभग सबै कुरा थाह भइसक्यो ।

नोकियाको नयाँ नोकिया ९ स्मार्टफोनमा ५.९९ इन्चको क्वाड एचडी डिस्प्ले हुनेछ । उक्त डिस्प्ले प्युरभ्यु प्रविधिको हुनेछ भने एच डी आर १० पनि सपोर्ट गर्नेछ । सुरक्षाका लागि डिस्प्ले भित्र नै फिंगरप्रिन्ट स्क्यानर राखिएको छ । हालै रिलिज भएका नोकियाका अन्य स्मार्टफोनहरु जस्तो यो स्मार्टफोनमा नच हुने छैन ।

नोकिया ९ प्युरभ्युमा स्न्यापड्रागन ८४५ प्रोसेसर हुने, ६ जीबी र्याम हुने र १२८ जीबीको आन्तरिक स्टोरेज हुने बताइएको छ । यस लगायत नोकिया ९ मा वायरलेस चर्जिंग पनि हुने छ । एन्ड्रोइड वान कार्यक्रम अन्तर्गत पर्ने यस स्मार्टफोनमा एन्ड्रोइडको नयाँ संस्करण एन्ड्रोइड पाई ९ चल्ने छ भने यस स्मार्टफोनले आगामी तीन वर्षसम्म पनि लगातार अपडेट पाउने निश्चित छ ।

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ । पछाडी जाइस् ब्राण्डका पाँचवटा क्यामराहरु राखिएका छन् । लीक भएको फुटेज अनुसार उक्त क्यामराले १० गुणासम्म बढी उज्यालो खिच्न सक्नेछ । प्रयोगकर्ताले नोकिया ९ को पाँच वटै क्यामराबाट पाँच वटा नै तस्विरहरु एकै पटकमा खिच्न सक्नेछन् ।  

 

यसमा तपाईको मत