अटो विशेष

निशान किक्स नेपालका सडकहरुमा

  नागरिक   2019-12-24

काठमाडौं-नेपालका लागि निशान र ड्याटसनका गाडीहरुको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले नेपालभरी ४५० भन्दा बढि निशान किक्स बिक्री भएको उपलक्षमा आफ्ना ग्राहकहरुलाई बिषेश लाभ सहितको योजना लिएर आएको छ। निशान किक्स नेपाली बजारमा भित्रीएको केहि महिनामै ग्राहकहरुको मन र बिश्वास जित्न सफल भएको छ। 

यस अवसरमा किक्सले सम्पूर्ण ग्रहाकहरुलाई स(धन्यवाद सहित आकर्षक अफरहरु प्रस्तुत गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यो अफर मार्फत ग्राहकहरुले लगभग रु ४,५०,००० बराबरको लाभहरू पाउन सक्नेछन। यसै अन्तर्गत मुख्यत रु २,५०,००० सम्मको भारी नगद छुट, एक लाख रुपैंया बराबरको एक्सचेन्ज बोनस वा ब्रान्ड न्यू आइफोन ११ ९१२८ जी बि० पाउने कम्पनीले उक्त जारी प्रेस बिज्ञप्तिमा जनाएको छ।

अन्य उपहार स्वरुप ग्राहकहरूले निशुल्क बश्चको हाई प्रेशर वाशर(Bosch High Pressure washer), एक वर्षको सवारी बीमा र सडक करका साथै तीन वर्षसम्मको वारेन्टी सहित तीनै वर्षसम्म निशुल्क गाडी सर्भिसिङ्गको सुविधा पाउन सक्ने जानकारी कम्पनीले आफ्नो जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ। यस योजनाका केहि सर्तहरु भने लागु हुने कम्पनीले जनाएको छ।  
 

यसमा तपाईको मत