ग्याजेट विशेष

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

    2020-03-20

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ । कुनै पनि कार्यक्रम बिना नै यी उत्पादनहरु सार्वजनिक गरिएको छ ।

बजेट म्याकबुक एयर

एप्पलले सन् २०१८ मा रिलिज गरेको म्याकबुक एयरको सुधारिको संस्करणलाई रिलिज गरको छ । उक्त समयमा लन्च हुँदा म्याकबुक एयरको मूल्य १२०० डलर तोकिएको थियो । अहिले सबैभन्दा सस्तो म्याकबुकलाई १००० डलरमा खरिद गर्न सकिनेछ ।

नयाँ म्याकबुक एयरमा सुधारिएको किबोर्ड रहेको छ । नयाँ किबोर्डलाई एप्पलले म्याजिक किबोर्ड नाम दिएको छ । सन् २०१६ यता रिलिज भएका म्याकबुकहरूमा निकै नै कमजोर र चाडैं बिग्रने किबोर्ड समावेश गरिएको थियो । र उक्त खराब किबोर्डहरूको प्रयोगलाई रोक्दै एप्पलले नयाँ म्याकबुकमा भरपर्दो किबोर्ड राखेको छ ।

यसै गरेर १३.३ इन्चको उच्च रेजोलुसनको डिस्प्ले राखिएको छ । सबैभन्दा सस्तो मोडलमा कोर i3 प्रोसेसर हुनेछ भने कोर i5 प्रोसेसर भएको मोडललाई १३०० डलर पर्ने छ । सबैभन्दा सस्तो मोडलमा २५६ जीबीको एसएसडी स्टोरेज हुनेछ भने i5 मोडलमा ५१२ जीबीको स्टोरेज हुनेछ ।

नयाँ आइप्याड प्रो

एप्पलले ११ इन्चको डिस्प्ले भएको र १२.९ इन्चको डिस्प्ले भएको दुईवटा मोडलको आइप्याड प्रो पनि सार्वजनिक गरेको छ । यी आइप्याडहरूमा १२० हर्ज रिफ्रेश रेट भएको डिस्प्ले राखिएको छ । नयाँ र फास्ट एप्पलको ए १२ जी बायोनिक प्रोसेसर रहेको यस आइप्याड निकै प्रयोगकर्ताको ल्यापटपभन्दा पनि फास्ट रहेको बताइएको छ ।

११ इन्चको मोडलमा २८ वाट प्रति घण्टाको ब्याट्री राखिएको छ भने १२.९ इन्चको मोडलमा ३६ वाट प्रति घण्टाको ब्याट्री राखिएको छ । दुवै मोडलले १० घण्टा ब्याट्री लाइफ प्रदान गर्नेछन् ।

१२८ जीबी देखि १००० जीबी सम्म आन्तरिक स्टोरेजको मोडलहरूमा उपलब्ध हुने यी नयाँ आइ प्याडमा मेमोरी कार्ड भने लाग्दैन ।

यी आइप्याड मोडलहरूमा पछाडी उच्चस्तरीय क्यामराहरू पनि राखिएको छ । दुवै मोडलमा १२ मेगापिक्सलको साधारण लेन्स र १० मेगापिक्सलको अल्ट्रा वाइड लेन्स राखिएको छ । दुवै मोडलमा नै अगाडी ७ मेगापिक्सलको सेल्फी क्यामरा समावेश गरिएको छ ।

११ इन्चको आइप्याड प्रोको बजार मूल्य ८०० डलर तोकिएको छ भने १२.९ इन्चको आइप्याड प्रोको मूल्य १००० डलर तोकिएको छ ।

नयाँ आइप्याडमा ट्रयाकप्याड पनि सपोर्ट गर्ने छ र एप्पलले नयाँ किबोर्ड पनि बजारमा उपलब्ध गराएको छ । ११ इन्चको मोडलमा लाग्ने किबोर्डलाई ३०० डलर पर्नेछ भने १२.९ इन्चको मोडलमा लाग्ने किबोर्डलाई ३५० डलर पर्ने छ ।

दुवै मोडलले एप्पलको पेन्सिल पनि सपोर्ट गर्ने छ भने उक्त पेन्सिललाई १३० डलरमा खरिद गर्न सकिने छ ।

 

यसमा तपाईको मत