अटो विशेष

सोमबार नेप्से परिसूचक ०.२७ अंकले बढ्यो

  नागरिक   2021-09-13

सोमबार शेयर बजार स्थिर रहेको छ । आइतबार भारि अंकले बढेको नेप्से सोमबार स्थिर रहेको छ । यस साता बजार हरियाली नै रहने संकेत गरेको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२७ अंकले बढेर २९४७.६९ अंकमा बन्द भएको छ । यसअघि आइतबार नेप्से परिसूचक ७१ अंकले बढेको थियो । तर सोमबार भने नेप्से स्थिर रहेको हो ।

सोमबार दिनभरिमा २२६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर ९३ हजार २१८ पटक किनबेच हुँदा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ६ वटा समूह राताम्य छन् भने ७ वटा समूहमा हरियाली छाएको छ ।सोमबार अजोड इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

यसमा तपाईको मत