काठमाडौँ- नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ७ सदस्य नाडा प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालसंग भेटी सवारी साधन पैठारीकर्ताहरुले आफनो एजेन्सी बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नु पर्ने विषयमा विस्तृत छलफल गरेको नाडाले जारी गरेको प्रेस बिज्ञप्तिमा जनाएको छ ।
उक्त भेटको क्रममा नाडाका अध्यक्ष दुलालले उक्त विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नविकरणमा विभिन्न समस्याहरु आईपरेको हुंदा सवारी साधन पैठारी गर्दा अप्ठेरो परेको हुनाले व्यवसायलाई सहजीकरणका लागि अनुरोध गरेको र उक्त छलफलमा उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठले त्यसबारे थप स्पष्ट परेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
सोहि छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ड अर्यालले यसबारे केहि दिन भित्रै नेपाल राष्ट्र बैङ्क, बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभाग, र भन्सार कार्यालयहरुसंग छलफलगरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने कुरा उक्त जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।
उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा महासचिव सुनिल रिजाल र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, निराकार श्रेष्ठ तथा शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो भने सोहि छलफलमा विभागका निर्देशकहरुको समेत उपस्थिति रहेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
यसमा तपाईको मत