कभर स्टोरी

‘ग्लोबल एसएमई अवार्ड २०२१’ मुक्तिनाथ बैंकलाई

  नागरिक   2021-10-24

‘ग्लोबल एसएमई अवार्ड २०२१’ द्वारा मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ। एसएमई फाइनान्सियर अफ दि इयर एसिया विधामा मुक्तिनाथ विकास बैंक सम्मानित भएको हो।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा एसएमई फाइनान्स फोरमद्वारा आयोजित र जिपिएफआईबाट समर्थित कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न संघसंस्थाले प्रतिस्पर्धा गरेका थिए। बैंकले यसअघि ‘युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०’ समेत पाएको थियो।

यसमा तपाईको मत