अटो विशेष

मुक्तिनाथ विकास बैंकको सहयोग

  नागरिक   2021-09-14

मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न पाँच सामाजिक उत्तरदायित्वमूलक कार्यमा सहयोग गरेको छ।

बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरता अभियानमा सहयोग पुग्ने गरी फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसीा लागि ५० हजार रकम मिडिया इन्टरनेसनल प्रालिलाई सहयोग गरेको छ। यसैगरी, कास्कीको मालपोत कार्यालयमा रहेको प्रतीक्षालयमा तीन थान फलामको कुर्सी हस्तान्तरण गरेको छ।

बैंकले बालबालिकाको शिक्षामा टेवा पु¥याउन रेस्ट फाउन्डेसन अन्तर्गत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिका लागि चाहिने किताब राख्ने दराज निमार्ण गर्न ४० हजार रूपैयाँ सहयोग गरेको छ।
बैंकले भैंसेपाटीस्थित प्रगति युवा कल्बले आयोजना गरेको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ।

बैंकले आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला, पोखरा महानगरपालिका, वडा नम्बर २२ का २८ वर्षीय प्रकाश बरालको मिर्गौला प्रत्यारोपणका लागि ५० हजार रूपैयाँ सहयोग गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको मत