माइक्रोसफ्टले आफ्नो भिडियो कलिंग र मेसेजिंग प्ल्याटफर्म अर्थात् माइक्रो टिम्समा १००० जनाले एकै साथ् भिडियो कल गर्न मिल्ने फिचर ल्याउन लागेको छ । यस अन्तर्गत १००० जना सहभागीहरूले नै आफ्नो भिडियो र अडियो आदानप्रदान गर्न सक्ने छन् ।
एक जनाले मात्र भिडियोमा बोल्ने हो भने चाहिँ २०,००० जना सहभागीहरू पनि एकै कलमा सहभागी हुन सक्नेछन् । तर ति अन्य १९९९९ जनाले चाहिँ आफ्नो भिडियो र अडियो सेयर गर्न सक्ने छैनन् । यो नयाँ फिचर माइक्रोसफ्टको टिम्स एपमा यो महिनाको अन्तिम तिर आउने भनिएको छ ।
कोरोनाभाइरसको महामारीले गर्दा घरबाट काम गर्ने र अनलाइन पठनपाठन हुने क्रियाकलापमा निकै ठूलो वृद्धि आएको छ । ग्रुपमा एकैपटक भिडियो कल गर्नका लागि प्रयोगकर्ताहरूले जुम, मेसेन्जर, गुगल मिट र माइक्रोसफ्ट टिम्स जस्ता एपहरू प्रयोग गर्दै आएका छन् ।
माइक्रोसफ्टको टिम्स एप आइफोन, एन्ड्रोइड, विन्डोज र म्याकओएसमा उपलब्ध छन् । एप स्टोर वा प्ले स्टोरमा गएर उक्त एप नि:शुल्कमा डाउनलोड गर्न सकिने छ ।
स्रोत: माइक्रोसफ्ट
यसमा तपाईको मत