ग्याजेट विशेष

पानीमा खसेको मोबाइल वनाउने यस्तो छ घरेलु उपाय

    2019-07-07

 

काठमाडौँ- हामी मध्ये धेरैको समस्या भनेको मोबाइल अचानक पानीमा परेर बिग्रने हो तर समयमै  केहि सावधानी अपनाउन सके यसको समस्याको हल निकाल्न भने सकिन्छ। 

यदि पानीमा मोबाइल खसी हाल्यो भने के गर्ने ?

पहिला मोबाइललाई जति सक्दो चाडो पानी बाट निकाल्नुस किनकी सबै स्मार्टफोन नहुन पनि सक्छन भने कुनै मोबाइल  वाटर रेसिस्टेण्ट हुन्छन।

निकाली सके पछि मोबाइल स्वीच अफ गर्नुस किनकि पानी ले गर्दा सर्ट सर्किट हुन सक्छ।

त्यसपछि मोबाइलका सबै पार्टपुर्जा एक एक गर्दै निकाल्नुस र सुक्खा कपडा ले पुछ्नुस।

बिस्तारै मोबाइललाई हल्का गरेर हल्लाउनुस ताकि हेड्फोन र चार्जपोर्टमा भएको पानी निस्कियोस अनि बिस्तारै सबै ठाउँ तिर हल्का गरेर पुछ्नुस।

उक्त मोबाइललाई हावा नपस्ने भाडा या प्लास्टिक भित्र राख्नुस र चामल को बोरामा २४ देखि ४८ घण्टा सम्म राखिदिनुस, यदि धेरै पानी मोबाइलमा पसेको छैन भने यसले काम गर्नेछ।

तर यतिमा मात्र ढुक्क भएर बस्न भने सकिदैन नजिकैको सर्विस सेन्टरमा जानु उचित हुनेछ।

यसमा तपाईको मत