कभर स्टोरी

चार्डपर्व नजिकिदै गर्दा मोबाईलको आयात बढ्यो

  नागरिक   2021-09-26

चालु आर्थिक बर्ष २०७८/७९ को दुई महिनमा नै १० अर्ब रुपैयाँ बराबरका १४ लाख मोबाइल फोन आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार दशैं तथा तिहार  नजिकिदै गर्दा नेपाली बजारमा मोबाइल आयात बढेको हो।

गत साउनमा ४ अर्बका ६ लाख सेट मोबाइल नेपाल भित्रिएको थियो। भन्सार विभागका अनुसार साउन र भदौ महिनामा १० अर्ब ३६ करोड ३५ लाख भन्दा बढी मूल्यको कूल १४ लाख ९८ हजार ७ सय ६५ वटा मोबाइल आयात भएको छ।

त्यसमध्ये ८ लाख ३१ हजार २ सय ४७ वटा मोबाइल सेट भदौ महिनामा मात्रै आयात भएको विभागको तथ्यांक छ। भदौं महिनामा मात्रै ५ अर्ब ५३ करोड ६७ लाख मूल्य बराबरको मोबाइल आयात भएको हो।

पछिल्लो समय मोबाइल व्यवसायीले बजारमा मोबाइल फोन अभाव रहेको जनाउँदै आएका छन्। व्यवसायीका अनुसार नेपाली ग्राहकले खोज्ने लो रेन्जका फोन सर्टेज रहेको छ।

यसमा तपाईको मत