ग्याजेट विशेष

मेसेन्जरमा पनि अब आफ्नो स्क्रिन सेयर गर्न मिल्ने !

  नागरिक   2020-07-18

स्मार्टफोन र डेस्कटपको फेसबुक मेसेन्जरमा नयाँ फिचर आएको छ जसबाट प्रयोगकर्ताहरूले भिडियो कल गर्दै गरेको साथीसँग आफ्नो मोबाइलको र डेस्कटपको डिस्प्ले सेयर गर्ने सक्ने छन् ।

तपाईंले आफ्नो मोबाइल वा डेस्कटपमा चलाएको कुरा तपाईंसँग भिडियो कल गर्दै गरेको साथीले देख्न सक्नेछ ।

यो फिचर प्रयोग गर्नका लागि भिडियो कल हुँदै गर्दा माथि स्वाइप गर्नु होस् र सेयर योर स्क्रिन ( Share Your Screen ) लेखेको स्थानमा क्लिक गर्नुहोस् । फेसबुक मेसेन्जर एपलाई स्क्रिन सेयर गर्ने अनुमति प्रदान गर्नुहोस् । अनुमति प्रदान गरिसकेपछि मेसेन्जरले तपाईंको स्क्रिन सेयर गर्न सक्नेछ र तपाईंसँग भिडियो कल गरेको साथीले तपाईंको स्क्रिनमा भएको चित्रलाई देख्न सक्नेछ ।

स्क्रिन सेयर गर्ने फिचर सामान्यतया व्यावसायिक प्रयोजनका लागि बनेका एप्सहरूमा उपलब्ध हुने गर्छन । फेसबुकले मेसेन्जरमा मेसेन्जर रुम्स अर्थात् ५० जनाले एकैपटक भिडियो कल गर्न मिल्ने फिचर सुचारु गरेर मेसेन्जरलाई पनि व्यावसायिक प्रयोजनतर्फ लैजान खोजेको छ ।

स्क्रिन सेयर गर्ने फिचर भने ८ जनासँगको भिडियो कल र १६ जनासँगको रुम्स कलमा मात्र सम्भव रहेको छ ।

यो फिचरका लागि प्रयोगकर्ताले आफ्नो मेसेन्जर एपलाई प्ले स्टोर, एप स्टोर र माइक्रोसफ्ट स्टोर मार्फत अपडेट गर्नु पर्ने हुन्छ ।

स्रोत : फेसबुक

 

यसमा तपाईको मत