ग्याजेट विशेष

मेसेन्जरमा पनि अब ५० जनाले एकसाथ भिडियो कल गर्न मिल्ने !

  नागरिक   2020-04-25

हालै चलिरहेको कोरोनभाइरसलाई मध्यनजर गर्दै फेसबुकले आफ्नो प्रचलित मेसेन्जर एपमा ५० जनासम्म भिडियो कल गर्न मिल्ने सुविधा ल्याउने भएको छ । यस एपले अहिले निकै प्रचलित रहेको जुम एपलाई पनि प्रतिष्पर्धा गर्ने भएको हो ।

५० जना भिडियो कल गर्न मिल्ने फिचरलाई मेसेन्जर रूम्स नाम दिईएको छ । होस्ट अर्थात् मुख्य प्रयोगकर्ताले एउटा रूम बनाएपछि उक्त रूममा होस्ट बाहेक ४९ जना थप प्रयोगकर्ताले भिडियो कल गर्न सक्नेछन् ।

उक्त रूम्समा फेसबुक मेसेन्जरमा भएका अन्य फिचरहरू, जस्तै इफ्फेकटहरू, पनि प्रयोग गर्न मिल्ने छ ।

फेसबुकको मेसेन्जर रुम्स यहि साता लन्च हुने भनीएकको छ । विश्वव्यापी रूपमा अबको केही साता पछि रिलिज हुने भनिएको छ ।

स्रोत : फेसबुक

 

यसमा तपाईको मत