ग्याजेट विशेष

Mbps र MBps को भिन्नता

  नागरिक   2018-11-16

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् | यस्तो छ अर्थ र भिन्नता :

 

Mb र MB को अर्थ

 

Mb को अर्थ हो मेगा बिट - Mega Bit | MB को अर्थ हो मेगा बाइट - Mega Byte |

 

१ byte मा ८ bit हुन्छ | Byte लाई ठूलो B लेखिन्छ भने bit लाई सानो b |

 

मेगा ( Mega ) को अर्थ हो मिलियन अर्थात् १० लाख - १०,००,००० | Mb ले १० लाख वटा bit को संख्यालाई बुझाउछ भने MB ले १० लाख वटा byte को संख्यालाई |

 

Mb र MB को भिन्नता

 

१ MB मा ८ Mb हुन्छ |

 

यसर्थ , १ MB = ८ Mb


 

स्पिड (Mb प्रति सेकेन्डमा)

एक सेकेन्डमा डाउनलोड हुने साइज - MB मा

१ Mbps  

०.१२५ MB अथवा १२८ KB

४ Mbps

०.५ MB

८ Mbps

१ MB

८० Mbps

१० MB

१ Gbps

१२८ MB अथवा ०.१२५ GB

८ Gbps

१ GB


 

Mbps र MBps को अर्थ

 

इन्टरनेट स्पिडलाई  हामी प्रति सेकेन्डले मापन गर्छौ |

 

१ Mbps डाउनलोड स्पिड को अर्थ हो उक्त स्पिडबाट हामीले एक सेकेन्डमा १ Mb अर्थात् ०.१२८ MB साइजको फाइल डाउनलोड गर्न सक्छौं |

 

यसरी नै ८ Mbps को स्पिडबाट १ सेकेन्डमा ८ Mb अर्थात् १ MB को फाइल डाउनलोड गर्न सकिन्छ |

 

इन्टरनेट स्पिडका कुरामा हामीले Mbps प्रयोग गरेको भेटिन्छ तर हामीले डाउनलोड गरेको फाइलको साइजमा MB प्रयोग भएको हुन्छ | मुख्यत: यसले नै प्रयोगकर्तामा भ्रम सिर्जना गरेको हो | इन्टरनेट सेवा प्रदायकहरु Mbps मा प्रचार गर्ने गर्दछन् तर हामीले डाउनलोड भने MB वा GB को फाइलहरु गर्दछौं |

 

इन्टरनेट सेवा प्रदायकले २० Mbps को डाउनलोड स्पिड प्रदान गरेको छ भने उक्त इन्टरनेटबाट तपाईंले २.५ MBps को स्पिडमा फाइल डाउनले गर्न सक्नुहुनेछ | याद गर्नुहोस् - २० Mb भन्नु र २.५ MB भन्नु एकै हो |

 

उदाहरणका लागि:

 

एउटा भिडियोको डाउनलोड गर्नु पर्ने साइज : २० MB

 

तपाईंको इन्टरनेट स्पिड: १ Mb प्रति सेकेन्ड  

 

डाउनलोड हुन लाग्ने समय = १६० सेकेन्ड

 

कसरी ?

 

२० MB मा १६० Mb हुन्छ | तपाईंको १ Mbps इन्टरनेटले एक सकेन्डमा १ Mb डाउनलोड गर्न सक्छ | त्यसैले उक्त २० MB ( १६० Mb )  डाउनलोड हुन १६० सेकेन्ड लाग्छ |






 

यसमा तपाईको मत