ग्याजेट विशेष

जुकरबर्गले गुमाए ७ अर्ब डलर - कारण के?

  नागरिक   2020-06-30

संसार कै सबैभन्दा प्रचलित सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले एकै दिनमा ७.२ अर्ब अमेरिकी डलर गुमाएका छन् । विभिन्न कम्पनीहरूले फेसबुकमा प्रचार नगर्ने भएपछि जुकरबर्गले यो रकम गुमाउनु परेको हो ।

गत शुक्रबार नै फेसबुकको सेयर ८.३ प्रतिशतले घटेको थियो । यसले गरेर फेसबुक कम्पनीको बजार मूल्यमा ५६ अर्ब अमेरिकी डलरको गिरावट आएको छ भने जुकरबर्गको मूल्य पनि ८२.३ अर्ब डलरमा झरेको छ । गत सातासम्म तेस्रो धनाढ्य रहेका मार्क जुकरबर्ग यो साता चौथो स्थानमा झरेका छन् ।

फेसबुक प्ल्याटफर्ममा प्रचारप्रसार रोक्ने कम्पनीहरूहरूमा युनिलिभर, भेराइजन, टिम्बरल्याण्ड, नर्थफेस र कोकाकोला रहेका छन् ।

फेसबुकले आफ्नो प्ल्याटफर्ममा घृणायुक्त सामाग्रीहरूलाई नियन्त्रणमा ल्याउनका लागि कुनै पनि प्रकारको कदम नचालेको भन्दै लगभग ९० वटा कम्पनीहरू मिलेर #StopHateForProfit नामक अभियान चलाएका छन् । यी कम्पनीहरूले पनि फेसबुक प्ल्याटफर्म मार्फत कुनै पनि प्रकारको प्रचार गर्न बन्द गर्ने भएका छन् ।

कोकाकोलाले भने कम्तिमा ३० दिनका लागि फेसबुक मार्फत प्रचार गर्न बन्द गर्ने छ भने अन्य कम्पनीहरूको यस निर्णय अनिश्चित समयका लागि रहेको छ ।

स्रोत: Bloomberg

 

यसमा तपाईको मत