अटो विशेष

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

    2019-08-19

काठमाडौँ- नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु ‘एक्सयूभी–३००’ तथा ‘मराजो’ नेपाली बजारमा सार्वजनिक गर्न लागेको जानकारी कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख छ। 
भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमानै आफ्नो अलगै पहिचान बनाउन सफल यी दुई गाडीले नेपाली बजारमा निकै राम्रो बजार बिस्तार गर्ने कम्पनिले आशा गरेको बिज्ञप्तिमा उल्लेख छ।
महिन्द्राले उत्पादन गरेको स्पोर्टस यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ र कम्पनीकै पहिलो लग्जरी मल्टि पर्पोज भेइकल (एमपीभी)  ‘मराजो’ ले नाडा अटो शो २०१९ मा सबैको ध्यान खिच्ने कम्पनीले जनाएको छ। 

महिन्द्रा एक्सयूभी–३००
महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो। महिन्द्राको नयाँ प्लाटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को डिजाइन निकै आक्रामक रहेको छ ।
यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध रहेको उक्त प्रेस बिज्ञप्तिमा जनाएको छ। 
एक्सयूभी ३०० मा ७ ओटा फस्टइन सेग्मेन्ट फिचर दिइएको छ । सात वटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी बनेको जानकारी दिइएको छ। 
नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै २००० देखि  ३५०० आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ । 
साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५०० देखि २५०० आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ । 

महिन्द्रा मराजो
त्यस्तै निकै चर्चामा रहेको महिन्द्राको पहिलो एमपीभी मराजो पनि यस वर्षको नाडा अटो शोमा मुख्य आकर्षणको रुपमा रहने छ । मराजोको डिजाइन सार्क माछाबाट प्रेरित भएको छ भने, कारको केही भागहरू शिकारी सार्क माछाको डिजाइनबाट प्रेरित गरि निर्माण गरिएको जानकारी गराएको छ।
महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू दिइएको छ ।
मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम जडान गरिएको छ भने कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । 
कारमा थ्री–स्पोक स्टेयरिङ्ग ह्वील रहेको छ, जसमा अडियो, ब्लू–टुथ टेलेफोनिक र क्रूज कन्ट्रोलको सुविधा रहेको कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख छ।
महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । जसले ३५०० आरपीएममा १२१ हर्स पावर र १७५० देखि २५०० आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।

यसमा तपाईको मत