अटो विशेष

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

  नागरिक   2019-11-17

काठमाडौँ- नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा केयर फेस्ट २०१९” आयोजना गरेको छ । यो विश्वव्यापी कार्यक्रम मंसिर २ देखि ६ गतेसम्म ५ दिनका लागि नेपाल लगायत २५ विभिन्न देशमा आयोजना हुन लागेको छ, जहाँ महिन्द्रा गाडीका दक्ष प्राविधिकहरुले गाडीको ६० जाँच गर्नेछन् । साथै महिन्द्रा उपभोक्ताहरुले उनीहरुको परिवारका लागि मनोरञ्जनका साथ महिन्द्राको लागि उच्चस्तरीय सेवा प्राप्त गर्नेछन् । यो विश्वव्यापी केयर फेस्ट क्याम्पमा महिन्द्राले संसारभरका आफ्ना उपभोक्ताहरुलाई उनीहरुको परिवारका साथमा उनीहरुको गाडीको हेरचाह गर्न प्रोत्साहन गर्नेछन् । 
महिन्द्रा ग्लोबल केयर फेस्ट २०१९ मा निःशुल्क सर्भिसिङ्ग, स्पेयरपार्ट्स, लुब्रिकेन्ट एवं एक्सेसरिजहरुमा १२५ छुट साथै महिन्द्राको पुरानो गाडी जस्तै लोगन, क्वान्टो, जेनियो, जाइलो जस्ता गाडीमा भारी छुटको व्यवस्था पनि मिलाएको छ । यसका साथै कम्पनीले ग्राहकहरुलाई हेल्थ क्याम्पको सुविधा तथा आकर्षक उपहार पनि प्रदान गरिने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ।  

यसमा तपाईको मत