अटो विशेष

बुटबलमा महिन्द्रा इलेक्ट्रिक भेहिकल्स शोरुम

  नागरिक   2019-10-24

काठमाडौँ- अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले तिलोत्तमा, जोगीकुटी, बुटबलमा यही कात्तिक ७ गते महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)को नयाँ शोरुम खोलेको छ । यो काठमाडौं उपत्यकाबाहिर महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)को पहिलो शोरुम हो । हालसम्म उपभोक्ताहरूले महिन्द्रा इलेक्ट्रिक भेहिकल्सहरू काठमाडौं उपत्यका र यसका वरपरका क्षेत्रहरूबाट मात्र पहुँच पाउँदै आएका थिए ।
शोरुमको प्रदेश ५ का संविधान शभा सदस्य माननीय सीतादेवी बाउडेल र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले संयुक्त रूपमा उद्घाटन गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
बुटबल र यसका वरिपरिका ग्राहकहरूलाई कम्पनी र यसका गुणस्तरीय सेवाहरूको सहज पहुँच उपलब्ध गराइ यसलाई बढी सुविधाजनक र किफायती बनाउँदै लाभ प्रदान गर्ने उद्देश्यले नयाँ शोरुम स्थापना गरिएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
अग्नि इनर्जीको बुटबलका लागि बिक्रेता ग्रिन ड्राइभ ग्रुपका प्रबन्ध निर्देशक अजयकुमार खाती क्षेत्रीका अनुसार शोरुमले महिन्द्राका विधुतीय कारहरू महिन्द्रा इटूओ, महिन्द्रा इभेरिेटो आदिका सर्भिसिङ र स्पेयरपार्टस्हरू पनि उपलब्ध गराउने जनाइएको छ।
बुटबलको भौगोलिक बनावट र सहरीकरणको अवस्थितिले गर्दा महिन्द्रा इलेक्ट्रिक भेहिकलहरू यहाँका बासिन्दाका लागि एकदम उपयुक्त छन् ।
“विधुतीय सवारीसाधनहरू मानिस र वातावरणका लागि निकै लाभदायक हुने र सरकार आफैले विद्युतीय सवारी साधनहरूको प्रयोगका बारेमा अधिक चासो राखेको अवस्था छ, जसका लागि सरकारले मुलुकका विभिन्न भागमा विधुतीय सवारी साधनका चार्जिङ स्टेशनहरू स्थापनाका लागि कम्मर कसेर लागेको छ,’ अग्नि इनर्जीका वरिष्ठ कार्यकारी व्यवस्थापक प्रमोद भण्डारीले भन्नुभयो, “ विधुतीय सवारीसाधनका लागि कम मर्मतसम्भारको आवश्यकता पर्छ र यो पेट्रोल तथा डिजल सवारीसाधनका तुलनामा सस्तो पनि छ ।”
“आज मानिसहरूले आफ्नै सवारीसाधनका आर्थिक लाभका बारेमा धेरै ज्ञान पाइसकेका छन्, महिन्द्राका विद्युतीय सवारीसाधनहरूको लागत प्रतिकिमी रु १ मात्र छ, जसबारे सामान्य मानिसहरूलाई जानकारी छैन,” उहाँले थप्नु भयो ।
कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरू ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेखित छ।


 

यसमा तपाईको मत