ग्याजेट विशेष

एलजीको रोल र फोल्ड गर्न मिल्ने स्मार्टफोन

  नागरिक   2019-08-02

दक्षिण कोरियन स्मार्टफोन र अन्य विद्युतीय उपकरणको निर्माता रहेको एलजीले आजभोलि स्मार्टफोन बजारका खासै राम्रो गर्न सकिरहेको छैन । एलजीका स्मार्टफोनहरूको बिक्री सामसंग र अन्य चाइनिज कम्पनीहरूको तुलनामा निकै कम रहेको छ । तर पनि स्मार्टफोन जगतमा नयाँ नयाँ प्रविधि ल्याउनका लागि एलजी लागि परेको छ भन्ने कुरा हालै एलजीले दर्ता गरेको प्याटेन्टबाट  देख्न सकिन्छ ।

एलजीको प्याटेन्ट अनुसार एलजीले रोल र फोल्ड गर्न मिल्ने स्मार्टफोन निर्माण गर्न लागेको छ । यस स्मार्टफोनलाई दुई तिर बाट मात्र नभएर तीन तिरबाट फोल्ड गर्न मिल्छ । एलजीको प्याटेन्ट अनुसार एलजीको फोल्डिंग स्मार्टफोन एउटा डिस्प्लेबाट अन्फोल्ड भएर तीन गुणासम्म ठूलो र चौडा हुनेछ । फोल्डिंग अवस्थामा स्मार्टफोनको बीच भागमा डिजिटल पेन पनि राख्न मिल्ने भनेर देखाइएको छ । एलजीले केही समय अगाडीबाट नै कुनै कुनै स्मार्टफोनहरूमा डिजिटल पेन समावेश गर्दै आएको छ । यस प्याटेन्टले डिस्प्लेको प्रकार र स्मार्टफोन सम्बन्धि अन्य जानकारीहरु भने प्रदान गर्दैन । एलजीली हालै आफ्नो रोल गर्न मिल्ने स्मार्टफोनहरूको लागि ट्रेडमार्क पनि दर्ता गरेको छ र उक्त ट्रेडमार्कको नाम एलजी रोलिङ्ग रहेको छ ।

एलजीले रोल र फोल्ड गर्न मिल्ने डिस्प्ले भएको टिभी पनि केही महिना अगाडी सार्वजनिक गरेको थियो । एलजीले नै अधिकांस स्मार्टफोनहरूका लागि डिस्प्ले निर्माण गर्दै आएको छ र एलजी नै हालका लागि सबैभन्दा ठूलो डिस्प्ले निर्माता मध्ये एक रहेको छ ।

यसमा तपाईको मत