ग्याजेट विशेष

अनलाईन क्लासका लागि कस्तो ल्यापटप उचित ?

  नागरिक   2020-07-21

हालै भएको लकडाउनकाले गर्दा सम्पूर्ण विद्यालयहरू बन्द छन् भने अधिकांस विद्यार्थीहरूको अनलाइन क्लास चलिरहेको छ ।  अनलाइन क्लासका पढ्नका लागि ल्यापटप नै प्रयोग गर्नु पर्छ भन्ने नभएपनि ल्यापटपबाट अनलाइन क्लास लिन सहज भने बनाउछ ।  

तपाईंसँग भइरहेको ल्यापटप नै अनलाइन क्लासका लागि काफी हुनसक्छ !!!

यदि तपाईंसँग अहिले प्रयोग गर्न मिल्ने ल्यापटप छ भने त्यहि ल्यापटप नै अनलाइन क्लासका लागि प्रयोग गर्न सक्नुहुनेछ ।  सामान्यतया इन्टरनेट चलाउन मिल्ने ल्यापटपमा नै जुम वा अन्य जस्ता साइट / एप्सबाट भिडियो कल गर्न मिल्छ ।  अनलाइन क्लासका लागि कुनै महँगो र नयाँ ल्यापटप नै खरिद गर्नु पर्छ हुँदैन ।  

यदि तपाईंको पुरानो ल्यापटप स्लो छ भने त्यसमा SSD हालेर फास्ट बनाउन सक्नुहुनेछ ।  एसएसडीले ल्यापटपलाई कसरी फास्ट बनाउछ भन्ने कुराको जानकारी यस लिंकमा दिईएको छ : 

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

 

यदि तपाईं आफ्नो बच्चाको लागि नयाँ ल्यापटप खरिद गर्ने सोचमा हुनुहुन्छ भने यी कुराहरू ध्यानमा राख्नुहोस् :

१. बजेट

अनलाइन क्लासका लागि कुनै प्रकारको तडकभडक भएको ल्यापटप चाहिंदैन ।  सस्तोमा नेरु ३५ हजार मै पनि अनलाइन क्लास लिन मिल्ने ल्यापटप खरिद गर्न सकिन्छ ।  यी सस्ता ल्यापटपहरू महँगा ल्यापटपभन्दा स्लो र कम फिचरयुक्त भएपनि अनलाइन क्लासका लागि काफी हुन्छन ।  

२. प्रोसेसर

अनलाइन क्लासका लागि Core i3, Celeron, Pentium, Ryzen 3 वा पुरानो जेनेरेसनको Core i5 प्रोसेसरहरू काफी हुन्छन ।  नयाँ जेनेरेसनको प्रोसेसर र पुराना जेनेरेसनको फास्ट प्रोसेसर भएको ल्यापटप नै निकै महँगो पर्न सक्छ ।  नेरु ३० - ४० हजारको दायरामा आउने ल्यापटपमा Celeron कि Pentium प्रोसेसर हुने गर्दछन् ।  यी प्रोसेसरहरू Core i3 वा Ryzen 3 जति फास्ट हुदैनन् ।  तर यी प्रोसेसर भएका ल्यापटपमा भिडियो हेर्न, नेट चलाउन, अनलाइन क्लास लिन र माइक्रोसफ्ट अफिस चलाउन सजिलैसँग मिल्छ ।  भिडियो गेम खेल्न, फोटोसपजस्ता प्रोग्रामहरू चलाउन वा थुप्रै प्रोग्रामहरू एकैपटक चलाउनका लागि भने Core i5 वा Ryzen 5 प्रोसेसर भएको ल्यापटप लिनु राम्रो हुन्छ ।  

३. र्याम

कम्प्युटरमा कति जीबी र्याम पर्याप्त हुन्छ भन्ने विषयमा हामीले एउटा बृहत लेख नै प्रकाशन गरेका छौँ ।  उक्त लेख तपाईंले यस लिंकमा गएर पढ्न सक्नुहुनेछ:

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

छोटकरीमा भन्दा अनलाइन क्लासमा र १-२ वटा प्रोग्राममा मात्र सिमित हुने हो भने ४ जीबी RAM काफी हुन्छ ।  धेरै प्रोग्रामहरू एकैपटक प्रयोग गर्नका लागि भने ८ जीबी र्याम आवश्यक पर्न सक्छ ।  गुगल क्रोम जस्तो इन्टरनेट ब्राउजरले पनि धेरै र्याम प्रयोग गर्ने भएकाले २ जीबी र्याम भएको ल्यापटप खरिद नगर्नु उचित हुन्छ ।  

४. स्टोरेज


कति जीबीको हार्ड डिस्क भएको ल्यापटप किन्ने ? यो प्रश्न आजभोलि पहिले जस्तो सान्दर्भिक छैन ।  सबैभन्दा पहिले त हार्डडिस्क भएको ल्यापटप नकिन्नु नै उचित हुन्छ ।  हार्डडिस्कभन्दा एक - दुई हजार महँगो भएपनि एसएसडीको प्रयोग गर्नु उचित हुन्छ ।  एसएसडी हार्ड डिस्कभन्दा १० गुणासम्म फास्ट हुन्छन् ।  त्यसैले नै नयाँ ल्यापटप खरिद गर्दा २५० जीबी कै भएपनि एसएसडी भएको ल्यापटप खरिद गर्नुहोस् ।  धेरै स्टोरेज आवश्यक परेको खण्डमा बाहिरबाट जोड्न मिल्ने हार्ड डिस्क पनि खरिद गर्न सक्नुहुनेछ ।  

पुराना हार्डडिस्क भएका ल्यापटपलाई फास्ट बनाउनका लागि पनि एसएसडी कै प्रयोग गर्नु राम्रो हुन्छ ।  

 

५. क्रोमबुक लिने कि?

अनलाइन क्लासका लागि सबैभन्दा उचित सायद क्रोमबुक नै हुन्छन् ।  यिनीहरू सस्ता हुन्छन, फास्ट हुन्छन, भाइरस लाग्दैनन्, ह्यांग हुदैनन् र ब्याट्री धेरै टिक्छ ।  तर यी ल्यापटपहरूमा विन्डोज चल्दैन ।  यिनीहरूमा गुगलको डेस्कटप अपरेटिंग सिस्टम क्रोम ओएस चल्ने गर्छन ।  क्रोस ओएसमा अधिकांस काम क्रोम ब्राउजरबाट नै हुन्छ ।  यिनीहरूमा एन्ड्रोइड एप्सहरू इन्स्टल गर्न मिल्छ ।  विन्डोज नचल्ने भएपछि माइक्रोसफ्ट अफिस, फोटोसप र अन्य जस्ता प्रोग्रामहरू पनि यसमा चल्दैनन् ।  

बजारमा धेरै वर्ष अगाडी आएका थिए क्रोमबुक ।  तर विन्डोजको ल्यापटपलाई कहिल्यै जित्न सकेन र बजार हिस्सा पनि निकै थोरैमा सिमित भयो ।  नेपाली बजारमा क्रोमबुकको प्रयोगकर्ता निकै न्यून रहेकाछन् भने बजारमा पनि खरिदका लागि विन्डोज ल्यापटप जतिको उपलब्ध छैनन् ।  

बजारमा उपलब्ध केही मोडलहरू:

1. Lenovo Ideapad S145:

Processor : Intel Celeron / Core i3 / Core i5 / AMD A4
RAM : 4 GB - 8 GB
Storage : 1 TB HDD / 256 GB SSD
Screen Size : 14 Inch
Price: 35,000 to 60,000

2. Asus Vivobook X407MA

Processor : Intel Celeron
RAM : 4 GB
Storage : 1 TB SSD / 256 GB SSD
Screen Size : 14 inch
Price: 39,000

3. HP 15-RB009NIA

Processor : AMD A4 Dual Core
RAM: 4 GB
Storage : 500 GB HDD
Screen Size : 15.6 inch
Price: 30,000

4. Lenovo Ideapad S340
Processor : Core i3 8th Gen
RAM : 4 GB
Storage : 256 GB SSD
Display : 14 inch
Price: 56,000

5. HP 14

Processor : Core i3 10th Gen
RAM : 4 GB RAM
Storage: 256 GB SSD
Display : 14 inch
Price : 60,000

6. Dell Inspiron 14 3493

Processor : Intel Core i5 10th Gen
RAM : 8 GB
Storage : 256 GB SSD
Display : 14 inch
Price: 62,000

 

*मूल्य दराज र हाम्रोबजारबाट साभारित !

 

यसमा तपाईको मत