ग्याजेट विशेष

आइफोन प्रयोगकर्ताका लागि ‘फ्रि सर्भिस क्याम्प’

  नागरिक   2019-09-01

काठमाडौं– एप्पल (आइफोन, म्याकबुक, आइम्याक, आइप्याड)को अधिकृत वितरक तथा सर्भिस सेन्टर जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रा. लि.ले एप्पलका प्रयोगकर्ताहरुका लागि ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ ।
जेनेरेशन नेक्स्टले आइफोन प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा राखेर यहि भदौ १५ गते (सेप्टेम्बर १ तारिख) देखि भदौ २० गते (सेप्टेम्बर ६ तारिख) सम्म निशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ।
ग्राहकहरुले सेर्पामलमा रहेको आधिकारिक सर्भिस सेन्टर जेन नेक्स्टबाट उक्त सुविधा लिन सक्नेछन् ।
जेनेरेशन नेक्स्टले उक्त सर्भिस क्याम्पमा आफ्नो आइफोन देखाउने एप्पलका प्रयोगकर्ताहरुको लागि अफर पनि सार्वजनिक गरेको छ । जसमा पुरानो आइफोनबाट नयाँ आइफोनमा ब्याकअप ट्रान्सफरको सुविधा, सफ्टवेयरसँग सम्बन्धित सम्पूर्ण समस्याहरुको समाधान दिने, तथा आइफोन भित्र भएका डस्ट क्लिनिङ्ग लगायतको सेवा प्राप्त गर्न सकिने जानकारी  गराएको छ।
जेनेरेशन नेक्स्टका प्रबन्ध निर्देशक पबन भिमसरीयाले भने, “हामीले ग्रे आइफोनको आयातलाई रोक्न र आधिकारिक आइफोन किनेका ग्राहकहरुलाई सुविधा दिने उद्धेश्यले फ्रि सर्भिस क्याम्प आयोजना गरेका छौं ।”
“हामीले ग्राहकहरुलाई नयाँ–नयाँ सुविधा दिईरहेका छौं, नेपालमा अझैपनि ‘जेन्यून प्रडक्ट’ को बारेमा जानकारी छैन, त्यसैले आधिकारिक बिक्रेताबाट किनेको आइफोन मात्र ‘फ्रि सर्भिस क्याम्प’ मा चेक गरिनेछ । अबैधरुपमा आइफोन बेच्नेहरुले नेपालमा रिफर्बिस्ड गरिएको एप्पल आइफोन भित्र्याएर ग्राहकहरुलाई ब्राण्ड न्यू भनेर बिक्री गरि ठगीरहेका छन् ” उनले बताएको जानकारी उक्त प्रेस बिज्ञप्तिमा गरिएको छ। 

जेनेरेशन नेक्स्टले दशैंको अवसरमा आइफोन खरिदकर्ताहरुको लागि स्क्र्याच कुपन पनि उपलब्ध गराएको छ । स्क्र्याच कुपन सेप्टेम्बर १० देखि नोभेम्बर १० तारिख भित्रमा आइफोन किन्ने ग्राहकहरुले प्राप्त गर्ने सकिने जानकारी जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ।
 

यसमा तपाईको मत