एप्पलले हालै गरेको WWDC अनलाइन कन्फेरेन्समा आइफोनका लागि नयाँ अपरेटिंग सिस्टम अर्थात् iOS १४ को जानकारीहरू सार्वजनिक गरेको छ । उक्त अपरेटिंग सिस्टम आइफोन सिक्स एस र सोभन्दा नयाँ स्मार्टफोनहरूका लागि उपलब्ध गराइने छ । यस iOS को संस्करणमा एप्पलले विभिन्न नयाँ फिचरका साथै एन्ड्रोइड र अन्य अपरेटिंग सिस्टममा पहिलेबाट नै उपलब्ध गराइएको केही फिचरहरू ल्याउने भएको छ ।
iOS १४ को अपडेट यी मोडलका आइफोनहरूले पाउनेछन् :
- आइफोन 6s
- आइफोन 6s Plus
- आइफोन SE (२०१६)
- आइफोन 7
- आइफोन 7 Plus
- आइफोन 8
- आइफोन 8 Plus
- आइफोन X
- आइफोन XR
- आइफोन XS
- आइफोन XS Max
- आइफोन 11
- आइफोन 11 Pro
- आइफोन 11 Pro Max
- आइफोन SE (२०२०)
नयाँ iOS १४ अपरेटिंग सिस्टममा सबैभन्दा नयाँ र महत्वपूर्ण फिचरको रूपमा एप्पलले होमस्क्रिनमा हुने विजेटहरूलाई देखाएको छ । प्रयोगकर्ताहरूले अब आइकनहरूको सट्टा विभिन्न लाइभ विजेटहरू राख्न सक्नेछन् । विन्डोज फोनको लाइभ टाइल्स र एन्ड्रोइडको विजेटहरूको हाइब्रिड रहेको यस फिचर आइफोन र आइप्याडमा बल्ल आउन लागेको हो ।
सन् २०१० मा रिलिज विन्डोज फोन ७ र सन् २००९ को एन्ड्रोइडको संस्करणमा नै यो फिचर समावेश गरिएको थियो । एप्पलले ढिलो भएपनि एप्सको आइकनको सट्टा लाइभ विजेट प्रयोग गर्न मिल्ने बनाउने भएको छ ।
नयाँ विजेटको फिचर लगायत नयाँ iOS मा पिक्चर इन पिक्चर मोड र सुधारिएको सिरीको डिजाइन पनि आउँदै छ । यसबाट प्रयोगकर्ताले भिडियो कल गर्दै वा भिडियो गर्दै अन्य एप्सहरू प्रयोग गर्न सक्नेछन् |
यस बाहेक अब प्रयोगकर्ताहरूले आफ्नो आइफोनको पूर्वनिर्धारित ब्राउजर र इमेल एपलाई पनि परिवर्तन गर्न पाउने भएका छन् ।
होम स्क्रिनमा अब एप लाइब्रेरी आउने भएको छ जसबाट प्रयोगकर्ताले आवश्यक नपर्ने एप्सको पेजलाई पूर्ण रूपमा लुकाउन सक्नेछन् ।
यसमा तपाईको मत