ग्याजेट विशेष

बजेट आइफोन नै सबैभन्दा महँगो एन्ड्रोइड स्मार्टफोन जतिकै फास्ट

  नागरिक   2020-04-25

एप्पलले हालै बजेट आइफोन अर्थात् ३९९ डलरको आइफोन एसइ २०२० रिलिज गरेको छ । उक्त आइफोनमा नयाँ महँगा आइफोनहरूमा भएको प्रोसेसर राखिएको छ । आइफोन एस इ २०२० मा एप्पलको ए १३ प्रोसेसर रहेको छ जुन एप्पलको आइफोन ११ सिरिजमा रहेको प्रोसेसर हो । 

 

एप्पलको उक्त प्रोसेसर हालको सबैभन्दा फास्ट मोबाइल प्रोसेसर रहेको छ । उक्त प्रोसेसर स्नापड्रागन ८६५ भन्दा पनि फास्ट रहेको छ । तर बजेट आइफोनमा एप्पलले ए १३ को अलि स्लो संस्करणलाई प्रयोग गरेको छ जसले गर्दा उक्त बजेट आइफोन अन्य आइफोन ११ जतिकै फास्ट छैन । तर आइफोन ११ भन्दा स्लो भएपनि आइफोन एस इ २०२० को प्रोसेसर अन्य महँगा एन्ड्रोइड स्मार्टफोनहरू जतिकै फास्ट रहेको छ ।

 

सामसंगको १००० डलर पर्ने स्मार्टफोनमा भएको प्रोसेसर जतिकै स्पिड एप्पलको ३९९ डलरको आइफोनमा रहेको छ । सामसंग लगायत अन्य स्मार्टफोन निर्माताहरूले पनि आफ्नो सबैभन्दा महँगा फ्ल्याग्शिप स्मार्टफोनहरूमा पनि स्नापड्रागन ८६५ नै प्रयोग गर्दै आएका छन् र स्नापड्रागन ८६५ बजेट आइफोनको प्रोसेसरभन्दा लगभग १० प्रतिशत फास्ट रहेको छ । 

केहि चाइनिज स्मार्टफोन निर्माताहरूले भने सस्ता एन्ड्रोइड स्मार्टफोनहरूमा पनि स्नापड्रागन ८६५ प्रयोग गरेकाछन् तर उक्त स्मार्टफोनहरू विश्वबजारमा खासै उपलब्ध हुँदैनन् । 

 

मिडरेन्ज वा बजेटको मूल्यमा फ्ल्याग्शिप तहको स्पिड रुचाउने प्रयोगकर्तालाई यो नयाँ आइफोन एस इ २०२० निकै नै राम्रो विकल्प बन्ने छ । 

उक्त आइफोन एस इ रिलिज भएको लगभग ४ वर्ष पछि एप्पलले आइफोन एस इ २०२०  रिलिज गरेको हो । बजेट आइफोनमा ४.७ इन्चको नच नभएको डिस्प्ले छ र उक्त आइफोनको डिजाइन आइफोन ८ सँग मिल्दो छ ।


आइफोन एस इ को तुलनामा यस आइफोन मोटो हुने र निकै ठूलो छ । यस आइफोनको पछाडीको भाग सिसाले बनेको छ । यसर्थ, यो बजेट आइफोनमा पनि वायरलेस चार्जिंग प्रविधि रहेको छ ।


अगाडी पुरानो आइफोनहरूमा जस्तै होम बटन हुनेछ र उक्त होम बटनमा फिंगरप्रिन्ट स्क्यानर पनि छ । नयाँ आइफोनहरूमा होम बटन हटाइएको छ र फिंगरप्रिन्ट स्क्यानर उपलब्ध गराइएको छैन - फिंगरप्रिन्ट स्क्यानरको सट्टामा अनुहार स्क्यान गर्न मिल्ने प्रविधि राखिएको छ । अनुहार स्क्यान गरेर आइफोन अनलक गर्न मिल्ने प्रविधि अर्थात् फेस आइडी भने बजेट आइफोनमा उपलब्ध छैन ।


यस नयाँ बजेट आइफोनमा ३ जीबी र्याम र नया ए १३ बायोनिक प्रोसेसर छ । यो प्रोसेसर नयाँ महंगा आइफोनहरूमा प्रयोग भएको प्रोसेसर हो । यसै गरेर भित्र ३ जीबी र्याम भएको कुरा पनि सार्वजनिक भएको छ ।


यसै गरेर बजेट आइफोन ६४ जीबी वा १२८ जीबी स्टोरेजमा उपलब्ध हुने पनि उल्लेख गरिएको छ । ६४ जीबी स्टोरेज भएको बजेट आइफोनको मूल्य ३९९ अमेरिकी डलर रहेको छ ।

 

यसमा तपाईको मत